पोखरा, २३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मूल राजनीतिक धारमा पूर्वराजा र विप्लव समूह अट्न सक्नेगरी गोलमेच सम्मेलन गर्नु पर्नेमा जोड दिएका छन् ।
मुस्ताङको मुक्तिनाथदेखि सुरु गरिने राप्रपाको दोस्रो राष्ट्रिय स्वाभिमान यात्राको पूर्व सन्ध्यामा मिडिया नेपाल कास्कीद्वारा विहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वोल्दै थापाले भने– नयाँ संविधान निर्माणसँगै शान्ति र राजनीतिक स्थीरता आउनु पर्ने थियो तर त्यस्तो हुन सकेन् । संविधान निर्माण हुँददेखि नै संविधानप्रति असन्तुष्टि प्रकट गर्दै आएको समूह ठूलो छ, त्यसमा पनि विप्लव समूह द्धन्द्धमा नै सक्रिय छ, उनले भने– यो असन्तुष्टि विस्फोट भयो भने देशमा भयावह अवस्था ल्याउन सक्छ, त्यस्तो विस्फोटले देशलाई तहसनहस गर्ने छ ।
देशको पछिल्लो १२ बर्षे राजनीतिक अवस्था हेर्दा पनि स्थाई रुपमा राजनीतिक अवस्था अगाडि वढ्न सकेन् निशेधको राजनीतिक अगाडि वढिरहेको छ, संविधान निर्माणपछिको दुई वर्षले पनि त्यस्तै देखायो, यो सबै कारण संविधान विरोधाभाष हुँदा नै हो, देशको केही पक्ष संविधान निर्माणदेखि असन्तुष्ट हुँदै आएको छ, त्यस्तो असन्तुष्टिले देशमा विखण्डन ल्याउन सक्छ, जसका कारण देशमा नेपाली सेना अगाडि सर्ने त हैन भन्ने खतरा वढेको छ, नेता थाापाले भने– गोलमेच सम्मेलनको माध्यमबाट दिगो शान्ति र राजनीतिक स्थीरताका लागि ठूला राजनीतिक दलहरु अगाडि वढ्न जरुरी छ ।
राप्रपा नेपालमा हिन्दुराष्ट्र , संवैधानिक राजतन्त्र र राष्ट्रियताको मुद्दा लिएर अगाडि वढेको बताउदै अध्यक्ष थापाले भने –पछिल्लो समय पूर्व राजाको वरिपरी घुम्ने आधा दर्जन व्यक्तिबाट मलाई दुःख दिइरहेका छन्, एकीकरण भएको राप्रपा फूटाउने कार्य पनि उनीहरुबाट नै भयो, अझै पनि साना–साना समूह खडागरी पूर्व राजासँगको सम्वन्धमा फाटो ल्याउने काम भइरहेको छ ।
ठूला राजनीतिक दल संस्थागत भ्रष्टाचारमा लागेर व्रह्मलुट मच्चाइरहेका छन्, राजनीतिक सहमतिामा अरबौ रुपैयाँको भ्रष्टाचार उनीहरुले गरेका छन, वाइडबडी खरिद ,एनसेलको कर छली,सुन तस्करी, सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा नेकपा र नेपाली काँग्रेसका शीर्ष नेताको मिलेमतो छ, अध्यक्ष थापाले भने– एउटा छुट्टै उच्च स्तरीय स्वतन्त्र छानविन समिति निर्माण गरी शीर्ष नेताको सम्पत्ती छानविन गरेपछि उनीहरुले आर्जन गरेको अकुत सम्पत्ती आम जनतामाझ पर्धाफास हुन्छ ।
संचारकर्मीले खोज पत्रकारिता गरी ठूला–ठूला भ्रष्टाचारको मुद्दाहरु वाहिर ल्याउने गरेको भएपनि लोकतन्त्रको आवरणमा ठूला राजनीतिक दल, व्यापारी र प्रशासकको त्रिकोणत्मक गठबन्धन गरी हुने त्यस्तो भ्रष्टाचारको कारवाहीमा कुनै चासो दिइदैन र सबै मिलेर साम्य पार्ने काम हुन्छ अध्यक्ष थापाले भने–राजनीतिक मिलेमतोको हुने भ्रष्टाचार नियन्त्रण गर्न अन्य लोकमा जानु पर्ने अवस्था छ । भ्रष्टाचार गर्ने राजनीतिक दलका तल्लो तहका नेताले कुरा उठाएपनि माथिल्लो तहका नेता मिलेपछि उनीहरु चुप लागेर बस्नु पर्ने अवस्था छ, नेता थापाले भने– यतिबेला भ्रष्टाचारमा सत्तापक्ष मात्र हैन प्रतिपक्ष समेत लागेको छ ।
निर्वाचनको बेला विदेशीको पैसाले चल्ने ठूला राजनीतिक दलले राष्ट्रियहित र नागरिकको हितमा काम गर्दैनन, उनीहरु विदेशीकै निर्देशनमा चल्छन, थापाले भने–विदेशीकै सहयोग र चलखेलमा ति दलले निर्वाचन जित्ने आरोप उनको छ । देशमा यतिवेला ६ वटा चुनौति गरिबी, भ्रष्टाचार, धर्म परिवर्तन,राष्ट्रिय विखण्डनको खतरा, सर्वसत्तावादको खतरा, शान्ति स्थापना रहेको छ ।
सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७५÷०७६ को बजेटका राम्रा भन्दा नराम्रा पक्ष वढी रहेको बताउदै अध्यक्ष थापाले भने–बजेटमा सबैभन्दा ठूलो बेवास्ता युवा रोजगारीका लागि गरिएको छ, उनले भने– वार्षिकपाँच लाख युवा जनशक्ति उत्पादन हुन्छ तर सरकारले बार्षिक ५० हजारलाई रोजगारी दिन नसक्नु विडम्वना हो, मंगही दिनप्रतिनिनि वढेको छ, थापाले भने–अझै पनि ४३ लाख नेपाली युवा जनशक्ति विदेशमा रोजगारी गर्न वाध्य छन्, देशभित्र नै प्रयाप्त रोजगारी सृजना नगर्ने मुलुक अर्थतन्त्रमा बलियो हुन सक्दैन ।
Related News
सम्बन्धित समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
रेशम चौधरीसहित ५०१ लाई आम माफी
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
hero news full width
मुख्य समाचार
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०