राष्ट्रपति विद्यादेवी भण्डारीले मौसम परिवर्तन विश्वकै लागि चुनौती भएको भन्दै वातावरण संरक्षणमा जुट्न सबैलाई आग्रह गरेकी छन्। उनले दिगो वातावरण संरक्षणका लागि एकीकृत प्रयास आवश्यक रहेकोमा जोड दिइन्।
विश्व वातावरण दिवस अवसरमा नेपालगञ्जमा वुधवार आयोजित वातावरण संरक्षण तथा जलवायु परिवर्तनविषयक राष्ट्रिय कार्याशाला गोष्ठीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्वच्छ वातावरणमा बाँच्न पाउने मानिसको अधिकार सुनिश्चित गर्नका लागि सरकारले नै आवश्यक रणनीति तय गर्न आग्रह गरिन्।
उनले भनिन्, “प्रकृति र मानवबीचको अभिन्न सम्बन्ध छ। प्राकृतिक वातावरण यथावत् राख्न र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम प्रभावकारी बनाउन सरकारले पहल गर्नुपर्छ। जलवायुसम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीयस्तरसम्म सञ्चालन गर्नुपर्ने खाँचो छ। ”
जलवायु परिर्वतनको असरका कारण विश्वव्यापी रुपमा वातावरण विनाश हुँदै गएको भन्दै राष्ट्रपति भण्डारीले भनिन्, “हामीलाई वन र प्रकृति जोगाउनुपर्ने साझा चुनौती छ। संरक्षणमा हामी सबै एकजुट भएर लाग्नुपर्छ। औपचारिकता निभाउनुभन्दा काम गरेर देखाउने बेला आएको छ। यसमा सबैको हातेमालो जरुरी छ। ”
स्वच्छ वायु कायम गर्ने साझा दायित्व भएको बताउँदै राष्ट्रपति भण्डारीले भनिन्, “हामी प्राकृतिक प्रकोप व्यहोर्न बाध्य छौं। जलवायु परिवर्तनमा हाम्रो भूमिका न्यून भए पनि हामीले नगरेको अपराधको सजाय भोग्नु परिरहेको छ। पानीका स्रोतहरु सुक्न थालेका छन्। यसका लागि स्थानीय समुदायलाई जागरुक हुन जरुरी छ। ”
आगामी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण एवं सम्वद्र्धन गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न राष्ट्रपति भण्डारीले सबैमा अपिल गरिन्। उनले भनिन्, “जलवायु परिवर्तनको प्रभाव वातावरणीय ह्रास विकास र वातावरणबीचको सन्तुलनलाई सम्बोधन गरी प्रत्यक्ष तथा स्वच्छ वातावरण सिर्जना गर्न हामी सबै गम्भीर भएर लाग्नुपर्दछ। ”
उनले स्वच्छ तथा मनोरम वातावरण र जीवनको पर्याय वन क्षेत्रलाई संरक्षण गर्नुपर्ने दायित्व सम्पूर्ण नेपालीको भएको बताइन्।
“जलवायुका विषयमा सबै सरोकारवासँग निरन्तर छलफल जरुरी छ। मुलुकले विद्युतीय ऊर्जामा फड्को मारिरहेका बेला विद्युतीय सवारी र चुल्होमा आम उपभोक्तालाई प्रेरित गर्न सके जलवायुको असर न्यूनीकरणमा मद्दत पुग्नेछ” उनको भनाइ छ,
“वरपीपल रोप्ने र चौतारी निर्माण गर्ने संस्कारलाई जोगाउँदै जीवन्त बनाउन सरकारले नीति तय गरी अघि बढ्नपर्छ”, उनले भनिन्, “कार्बन सोस्ने खालका बिरुवा रोप्न प्रेरित गर्न सरकारले नै अग्रसरता देखाउनुपर्छ। यसले जलवायुका असरलाई न्यूनीकरण गर्न मद्दत पुग्नेछ। ” राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण विश्वमा वातावरण विनाश भइरहेको सन्दर्भमा प्राकृतिक र जैविक विविधताले सम्पन्न राष्ट्र नेपालले वातावण संरक्षणमा पुर्याएको उल्लेख्य योगदानको चर्चा गरिन्। स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न आमनागरिक सचेत र प्रतिबद्ध रहनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ।
भौगोलिक तथा सामाजिक महत्व बोकेको चुरे क्षेत्रको प्राकृतिक वातावरण यथावत् राखिरहन सञ्चालित राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, संरक्षित क्षेत्र, जलाधार संरक्षण आयोजनाजस्ता कार्यले विश्व वातावरण सन्तुलन कायम राख्न मद्दत पुर्याइरहेको उनले बताइन्।
यसैबीच राष्ट्रपति भण्डारीले विश्व वातावरण दिवसकै अवसरमा जिल्ला वन डिभिजन कार्यालय बाँकेको हाताभित्र आँपको बिरुवा रोपेकी छन्। सो अवसरमा उनले ‘एक घर, एक बिरुवा’ अभियानलाई सार्थक बनाउन आम नागरिकमा जनचेतना आवश्यक रहेको बताउइन्।
कार्यक्रममा वनमन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश मन्त्रीहरु, सङ्घीय तथा प्रदेशसभाका सांसद लगायतको उपस्थिति रहेको थियो।
Related News
सम्बन्धित समाचार
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
रेशम चौधरीसहित ५०१ लाई आम माफी
hero news full width
मुख्य समाचार
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०