अन्नपूर्ण गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वुधवारदेखि शुरु भएको छ। दुईदिने प्रतियोगितामा अन्तरविद्यालयस्तरीय एथ्लेटिक्स, छात्र/छात्रा कवड्डी र भलिबल प्रतियोगिता हुनेछ।
गाउँपालिका अध्यक्ष युवराज कुँवरले प्रतियोगिता उद्घाटन गर्दै स्वास्थ्य र राष्ट्रका लागि खेलकुद महत्वपूर्ण हुने औँल्याए। उनले प्रतियोगितालाई सहयोग गर्न गाउँपालिका तयार रहेको पनि स्पष्ट पारे।
कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष यामबहादुर गुरुङले विद्यालय खेलाडी उत्पादन गर्ने थलो पनि भएको औँल्याए। उनले माछापुच्छ्रे खेलमैदान स्तरउन्नतिको कुरा आफूले विगतमा गरेको स्मरण गराए।
गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले प्रतियोगिताको व्यवस्थापन पक्ष बलियो बनाउनुपर्ने बताइन्। उनले सहभागी विद्यार्थीलाई अनुशासितपूर्वक खेल खेल्न आग्रह गरिन्।
माछापुच्छ्रे माविका अध्यक्ष मनपति भण्डारीले खेलले विद्यार्थीलाई थप हौसला दिने जनाएका थिए।
वुधवार सम्पन्न १ हजार ५ सय मिटर छात्र दौडमा मर्निङस्टार आवासीय माविका दीपकराज सुनार प्रथम, बहादुरे माविका निरोज सुनार द्वितीय र उमा माविका अनिल परियार तृतीय भए।
त्यस्तै, १ हजार ५ सय मिटर छात्रा दौडमा बहादुरे माविकी पूर्णिमा विक प्रथम, दुर्गा भवानी आदर्श आधारभूत विद्यालयकी सुष्मा अधिकारी द्वितीय र सिर्जना माविकी तिर्सना सुवेदी तृतीय भइन्।
गाउँपालिका अध्यक्ष कुँवरको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा माछापुच्छ्रे माविका अध्यक्ष मनपति भण्डारीले स्वागत र माछापुच्छ्रे माविका प्रधानाध्यापक घनश्याम पौडेलले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
लोकतान्त्रिक खेलकुदको बधाई
‘नवौं राष्ट्रिय खेलको मिति परिवर्तन हुँदैन’
प्रदेश खेलकुद परिषद्को प्रशासनिक भवन उद्घाटन
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
हेमजा गोल्डकपबाट १० लाख बचत
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९