नेपाली राष्ट्रिय फुटबल टोलीले विहीवार ताइपेइसँग फुटबल खेल्दैछ। मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली मलेसियाबाट मंगलबार ताइपेई पुगेको छ। फिफा विश्वकप छनौट प्रतियोगिता र एफसी एसियाली छनौट प्रतियोगिताको तयारी स्वरुप मैत्रीपूर्ण फुटबल खेल खेल्न नेपाली टोली मलेसियाबाट चाइनीज ताइपेई पुगेको हो। एफसीको छनौट प्रतियोगिता आगामी सेप्टेम्बर महिनामा हुँदैछ। ताइपेइसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि वुधवार पनि अभ्यास गरेको समाचार छ। फिटनेसमा काम गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीले विहीवारर ताइपेईसँग खेल्ने तालिका रहेको छ। यसअघि मलेसियासँग खेलेको मैत्रीपूर्ण खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको थियो।
नेपालको लागि नयाँ प्रशिक्षकको रुपमा स्वीडेनका योहान कलिन आएदेखि नेपालले ३ वटा खेल खेलिसकेको छ। कुवेतविरुद्ध २ र मलेसियासँग १ खेल खेलेको नेपाली टोलीले गोल भने गर्न सकेको छैन।
नेपाल एसियाली वरियतामा शीर्ष ३४ मा परेको कारण छनौट चरणमा सिधै मौका पाएको बताइन्छ। फिफाको नियमअनुसार एसियाली क्षेत्रको शीर्ष ३४ टोलीलाई सिधैँ छनौट गर्ने र त्यस भन्दा पछिको टोलीले प्लेअफ खेल्नुपर्ने रहेको छ। नेपालभन्दा वरियतामापछि रहेको मलेसियाले भने प्ले अफ खेल्दै विश्वकप छनौट चरणमा स्थान बनाउन प्रयास गर्नुपर्नेछ।
Related News
सम्बन्धित समाचार
लोकतान्त्रिक खेलकुदको बधाई
‘नवौं राष्ट्रिय खेलको मिति परिवर्तन हुँदैन’
प्रदेश खेलकुद परिषद्को प्रशासनिक भवन उद्घाटन
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
हेमजा गोल्डकपबाट १० लाख बचत
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९