पोखरा २२ जेठ । पोखरा १२ सितलादेवीमा रहेको हिल प्वाइन्ट स्कुलले विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
स्कुलद्वारा ४६ औँ विश्व वातावरण दिवसको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा भास्कर मेमोरियल स्कुलकी आरती शर्मा प्रथम लेखनाथ विभूति स्कुलकी अञ्जु आले द्वितीय अल्फा बोडिङ स्कुलका दीक्षान्त न्यौपाने तृतीय भएका छन् । प्रतियोगिताको निर्णायकमा वरिष्ठ चित्रकार एल.वि.गुरुङ रहेका थिए । प्रतियोगितामा कास्की जिल्लाका २२ वटा संस्थागत र सामुदायिक विद्यालयका ३८ जना विद्यार्थीले सहभागिता जनाएका थिए । त्यसैगरी विद्यालयमा आयोजित वातावरण सम्वन्धी वक्तित्वकला प्रतियोगितामा सुदिन बगाले प्रथम गणेश कुवर द्वितीय सन्दर्भ गौतम तृतीय उमेश नेपाली सान्त्वना भएका छन् ।
विजयी विधार्थीलाई पुरस्कार वितरण गद्र्रे नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका परिषद सदस्य प्राज्ञ बुद्धिबहादुर गुरुङले वातावरण दिवसको उपल्यक्षयमा हिल प्वाइन्ट स्कुलले चित्रकला मार्फत विद्यार्थीलाई जन चेतना फैलाउने काम गरेकोमा धन्यवाद दिदै नेपालको काठमाडौ बाहिर पहिलो पटक पोखरामा हिल प्वाइन्ट स्कुलले खोलेको फाइन आर्ट कलेजको प्रगतीको कामना गद्र्रे आफ्नो तर्फ बाट कलेजलाई सक्दो सयोग गर्ने प्रतिवद्दता प्रकट गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका १२ का वडा अध्यक्ष रामबहादुर कार्कीले अहिलेको वातावरण निकै दुषित रहेको वताउदै प्रत्येक नेपालीको घरमा सकिन्छ भने वृक्षारोपण गर्नुपर्ने यदि सकिदैन भने पनि गमलामा फूल भएपनि रोप्नु पर्ने बताए ।
कार्यक्रममा हिल प्वाई स्कुलका प्राचार्य दिवाकर जैसीले विद्यार्थीलाई वातावरणको बारेमा केही ज्ञान होस भनेर विश्व वातावरण दिवसको दिन पारेर विभिन्न कार्यक्रम राखिएको बताउदै चित्रकला मार्फत समाजलाई जन चेतना जगाउन यस्ता कार्यक्रमहरु राखिएको बताए । जैसीले प्लस टुमा मोफसलमा नै पहिलो चोटी पोखरामा हिल प्वाइन्ट स्कुले फाइन आर्टको कक्षा सन्चालन गरेको हुदा गण्डकी प्रदेशका विद्यार्थीलाई पढ्नको लागि सुनौलो मौका मिलेको बताए ।
स्कुल ब्यवस्थापन समितिका अध्यक्ष बिजुली बहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन शिक्षक सुवोध तिवारीले गरेका थिए भने विद्यार्थी सुदिन बगालेले स्वागत मन्तब्य विद्यार्थीहरु गणेश खाड र विश्व तिवारीले वातावरण सम्वन्धी कविता वाचान विद्यार्थीहरु जमुना गुरुङ र रेखा गुरुङले गायन र नृत्य प्रस्तुत गरेका थिए भने विद्यार्थीले सामुयिक नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रम सुरु हुनुभन्दा पहिले बिहान स्कुलका विद्यार्थी तथा शिक्षक शिक्षीकाहरुले प्रभात रै¥याली निकाल्दै जयकोट बनमा बृक्षारोपण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९