मिडिया काउन्सिल विधयकको फिर्ता माग गर्दै नवलपुरमा पत्रकारको र्याली

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७६
fnj

नवलपरासी, २२ जेठ । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधयक प्रेस स्वतन्त्रता अभिव्यक्तिको विरुद्ध भएको भन्दै नवलपुरका पत्रकारहरुले बुधबार कावासोतीमा र्याली निकालेका छन् ।

र्याली फलफूल चोकबाट नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयसम्म पुगेर कोणसभामा परिणत भएको थियो । नेपाल पत्रकार महासंघ नवलपुरका आयोजनामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माले यो विधयक पत्रकारहरुको लागि कुनै पनि हालतमा मान्य नहुने भएकोले तत्काल फिर्ता गरी संशोधन गरेर मात्र लैजानु पर्ने बताए । उनले पत्रकार महासंघ माग पुरा नभएसम्म देशव्यापी आन्दोलनमा जानेमा जोड दिए ।

त्यसैगरी कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठले यो विधयक सत्ता पक्षको विरुद्ध समाचार लेख्ने पत्रकारहरुलाई सरकारको विरुद्ध कुनै पनि समाचार नआओस् भन्ने हेतुले अंकुस लगाउन ल्याइएको भन्दै तत्काल फिर्ता गर्नु पर्नेमा जोड दिए । उनले नेपाल पत्रकार महासंघको आन्दोलन प्रति क्रान्तिकारी पत्रकार महासंघको ऐक्यबद्धता रहेकोमा जोड दिँदै आन्दोलनलाई अझ सशक्त बनाउनु पर्ने र आन्दोलनमा मानवअधिकारकर्मी, नागरिकसमाजलाई पनि सँगसँगै लैजानु पर्नेमा जोड दिए ।

त्यसैगरी कार्यक्रममा नेपाल प्रेस युनियन नवलपुरका सभापति विरेन्द्र पराजुलीले मिडिया काउन्सिल विधयक ल्याउनु नै गलत नभए पनि विधयकमा भएको त्रुटीलाई सच्याएर मात्र पास गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा जनपत्रकार संगठनका केन्द्रिय सदस्य शिव डुम्रेले मिडिया काउन्सिल विधयक जनपक्षीय पत्रकारिताको पक्षमा नरहेको भन्दै यसलाई फिर्ता गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रेस चौतारी नवलपुरका सचिव सागर पोख्रेल, प्रेस संगठन नवलपुरका कार्यवाहक अध्यक्ष अर्जुन अविरल लगायतले मिडिया काउन्सिल विधयक विरुद्ध पत्रकार महासंघले थालेको आन्दोलन प्रति ऐक्यबद्धता रहेको जनाउँदै यो वियधक फिर्ता गरेर सरोकारवाला पत्रकार संगठनसँग छलफल गरेर मात्र अगाडि लैजानु पर्नेमा जोड दिए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ नवलपुरका सचिव प्रेम न्यौपानेको सञ्चालनमा र अध्यक्ष होमराज रानाभाटको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width