पोखरा, २१ जेठ । बरिष्ठ पत्रकार वद्री विनोद प्रतीकले लोकतन्त्र प्राप्त भएको ३० बर्ष पुग्दा पनि पत्रकारहरुले स्वतन्त्र रुपमा समाचार लेख्न सक्ने अवस्था नरहेको बताएका छन् ।
प्रस्तावित मिडिया काउन्सिल विधेयकको प्रेस विरोधी प्रावधानको विरोधमा नेपाल पत्रकार महासंघ कास्कीद्वारा मंगलवार आयोजित अन्तक्र्रियामा बोल्दै उनले भने–जुन सुकै सरकारले पनि प्रेसमाथि आक्रमण गर्ने गरेको छ ।
पत्रकारले सत्थ्य तथ्य समाचार लेख्न पाउनु पर्छ, प्रेस बिरोधी प्राबधान सच्याउन सरकार तयार हुनु पर्छ, यदि सरकारले सच्याउने आट गर्दैन भने त्यसको विरुद्धमा सम्पूर्ण संचारकर्मी एक ढिक्का भएर आन्दोलित हुनु पर्नेमा जोड दिए ।
नेपाल वार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापा मगरले नयाँ संविधानको मूल मर्म विपरीत ल्याइएको उक्त विधेयक विरुद्ध संचारकर्मी मात्र नभएर आम नागरिक समेत आन्दोलित हुनु पर्नेमा जोड दिए । प्रेस स्वतन्त्रता कुण्ठित हुनु भनेको नै आम नागरिकले सत्थ्य तथ्य सूचना प्राप्त गर्न नसक्नु हो, थापा मगरले भने–सरकारले प्रेस माथि पटकपटक आक्रमण गर्ने गरेको बताए ।
प्रेस युनियकका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले मिडिया सरकार नियन्त्रित हुन नहुने बताउदै लोकतान्त्रिक विश्वका कुनै पनि देशका मिडिया सरकार नियन्त्रित नभएको बताए ।सरकार तानाशाह बन्न मिडिया माथि अङ्कुश लगाएको बताए।
पत्रकार डा. बलराम उपाध्यायले संचारकर्मीले पार्टीकारिता नभई पत्रकारिता गर्न सुझाव दिर्दै सरकार नियन्त्रित पत्रकारिताले संचाल क्षेत्रलाई तहसनहस बनाउने बताए । स्वतन्त्र पत्रकारिता आजको आवश्यक हो, उनले भने– संसदमा पेश भएको मिडिया काउन्सिल बिधेयकका विरुद्ध एक जुट हुन सम्पूर्ण पत्रकारलाइृ आग्रह गरे ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभूवन पौडेलले जुनसुकै पार्टीको सरकार बनेपनि पहिलो प्रहार संचार क्षेत्र माथि नै हुने बताए । भ्रष्टाचारको गतिविधि प्रेसले नै उजागर गर्ने भएकाले जुनसुकै सरकार प्रेसलाई अङ्कुश लगाउन खोज्छ, पौडेलले भने । पत्रकार दुर्गा अधिकारीले प्रेस स्वतन्त्रता विरोधी विधेयकको खुलेरै बिरोध गर्नु पर्नेमा जोड दिइन् ।
मानव अधिकार आयोग पोखराका उपनिर्देशक नितु वर्तौला बर्तमान सरकारले प्रेस र मानव अधिकार आयोगमाथि प्रहार गरेको बताइन् । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले नेपाली काँग्रेस लोकतन्त्र, नागरिकका अधिकार, राष्ट्रियता र प्रेस स्वतन्त्रताको लागि खरो ढंगले उत्रने बताउदै संसदमा पेश भएको मिडिया काउन्सिल विधेयकको बिरोधमा काँग्रेसले आवाज उठाउने बताए । उक्त कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष विमला भण्डारीले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
ड्रागन फल्दा किसानमा हर्ष
पोखरामा कृषि एम्बुलेन्स
प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
hero news full width
मुख्य समाचार
‘एक घर एक धारा’ सधैं अपूरा
संघीय संसद् र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा
श्रावण १९, २०७९गाडी नचलाउने यातायात व्यवसायीको चेतावनी
श्रावण १९, २०७९खल्तीको पैसा हालेर पुस्तकालय बनायौं
श्रावण १८, २०७९गाडी जरिवाना आजदेखि
श्रावण १८, २०७९पहिरोमा एकै परिवारका ५ जनाको मृत्यु
श्रावण १८, २०७९