नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसद्मा प्रस्तुत भएको बजेट परिमार्जित निबन्धजस्तो भएको टिप्पणी गरेका छन्।
‘भर्खरै नेपाल सरकारको बजेट आउँदै गर्दा अघिल्लो वर्ष आएको बजेटको तुलनामा परिमार्जित निबन्ध बनाउने प्रयत्न भएको छ’ पार्टीको जागरण अभियानक्रममा पाल्पा आएका शर्माले पत्रकार अन्तकिर्यामा भने, ‘देशको निर्माण गर्ने भनेको चालु खर्चको आकारभन्दा पुँजीगत बजेटको आकारलाई बढाएर लैजानु हो। ’
प्रवक्ता शर्माले विकास खर्चले मात्र समृद्धि पूरा हुनेमा जोड दिए।
नेपाल प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको अन्तकिर्यामा बोल्दै शर्माले मिडिया काउन्सिलको विधेयक प्रेसको शिरमा तरबार झुण्डाएजस्तो भएको बताए। ‘प्रेसलाई नियमन सरकारले गर्ने होइन, जहाँ निरंकुशता छ त्यहाँ मात्र सरकारले नियमन गर्दछ, ’ उनले भने, ‘लोकतान्त्रिक विधि भएको राज्यमा मिडिया काउन्सिलले आफ्नो लागि आफै आचारसंहिता लागू गर्दछन्। ’ शर्माले सरकारले मिडियालाई व्यवस्थित गर्ने आचारसंहिता बनाउन प्रेस काउसिललाई प्रेरित गर्नुको सट्टा सरकार आफैले नियन्त्रण गरेर गलत गरेको जनाए।
काँग्रेसले अगाडि बढाएको छाया सरकारको सन्दर्भमा शर्माले सरकारको काम कारबाहीलाई अध्ययन गर्दै गलत प्रवृत्तिले काम कारबाही भएमा खबरदारीको लागि दबाब सिर्जना सहयोगी हुनेमा जोड दिए।
अर्को प्रसंगमा शर्माले विप्लव नेतृत्वलाई हत्या हिंसा त्यागेर शान्तिप्रक्रियामा आउनुपर्नेमा जोड दिए।
प्रेस युनियन पाल्पा अध्यक्ष भरत शर्माको अध्यक्षतामा भएको कार्यक्रम सचिव रामचन्द्र रायमाझीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९