हामीले बनाएका भौतिक संरचना भूकम्प प्रतिरोधात्मक बनाउनु पर्छ भन्दै लेखनाथ निर्माण ब्यवसायी समितिले कालीगडलाई आईतवार देखि चार दिने तालिम प्रदान गरेको छ।
तालिकको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष चेतवहादुर गुरुङले घर धनीको लगानीलाई सुरक्षित गर्दै निर्माण गरिएका संरचना प्राविधिक दृष्टिकोणले मझभुत र भूकम्प प्रतिरोधात्मक हुनु पर्नेमा जोड दिएका थिए।
निर्माण ब्यवसायीहरुले ब्यवहारिक र सैद्धान्तिक ज्ञानको प्रयोग गरि सरकारको तोकेको मापदण्डमा रहेर भवन निर्माण गर्नमा अनुरोध गर्दै आफनो सीप र कसौलताको प्रयोग गरि घर धनीको चित्त बुझाउनु पर्ने धारणा राखेका थिए।
कार्यक्रममा लेखनाथ निर्माण ब्यवसायी समितिका सस्थापक अध्यक्ष किसान गुरुङले सीप र ज्ञानले ब्यवसायीलाई सफता तर्फ उन्मुख गर्ने विचार राखेका थिए भने लेखनाथ हाडवर्यर एशोसियसनका अध्यक्ष विजय गुरुङले गुणस्तरीयताको नाममा कमसल सामाग्रीको प्रयोगलाई निरुत्साहित गर्नु पर्ने सुझाव राखेका थिए।
लेखनाथ निर्माण ब्यवसायी समितिका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा संचारकर्मी नवराज सापकोटा र लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बरालले प्रतिस्पर्धा र नाफाको लागि निर्माण गरिएको संरचनालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेमा जोड दिएका थिए।
समितिका सचिव भविन पुनले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष भीमबहादुर सार्की काईलाले गरेका थिए। चार दिनसम्म चल्ने तालिममा सहभागी ६० जना कालीगडलाई ईन्जिनियर रविचन्द्र घिमिरे, सन्तोष ओझा र सव ईन्जिनियर अनिल आचार्यले सहजीकरण गर्ने भएका छन्।
Related News
सम्बन्धित समाचार
चन्द्रावतीका ‘शून्य छ जन्मेको घर बरिलै’ सार्वजनिक
तीज महत्वविषयक प्रशिक्षण
निस्सा वितरण
गाईजात्रा नाच प्रदर्शन
परोपकारी यात्रामा सिद्धि–सेतुली प्रतिष्ठान
hero news full width
मुख्य समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९