पोखरा, १९ जेठ । पोखरा १६ को घार्मीखोला– जुम्लेटी—ढिकीडाँडाहुँदै तितेपानीसम्मको सडक स्तरोन्नति हुने भएको छ ।
महानगरपालिकाले पहाडी भू–भागलाई केन्द्रसँग जोड्न उक्त सडकलाई कनेक्टिङ सडक योजनामा समावेश गरी स्तरोन्नतिको काम थालेको हो । सडकलाई स्तरोन्नति गर्ने काम अहिले भइरहेको पोखरा– १६ का वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए । उनका अनुसार नालासहित उक्त सडक सात मिटर फराकिलो हुने छ ।
उक्त सडक खण्डको दुई किमी सडकलाई चौडा पारिने पोखरा महानगरपालिका वडा नम्बर १६ का इन्जिनियर हरिबहादुर बस्नेतले बताए । सडकमा एक किमी नाला निर्माण गरिने र एक सय पाँच मिटर ग्याबियन भरिनेछ । नौ सय मिटर सडकमा ग्राबेल गरिनेछ । उक्त सडक बनाउन महानगरले एक करोड ५० लाखमा बोलपत्र आह्वान गरेकोमा सिटी बिल्डर्सले ९१ लाख ३१ हजारमा काम सक्ने गरी सम्झौता गरेको छ । निर्माण कम्पनीलाई काम सक्नको लागि भदौ ८ गतेसम्म समयसीमा तोकिएको महानगरको सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले बताए ।
पोखरा १६ कै महेन्द्रगुफादेखि अर्मलाकोटसम्मको सडक पनि स्तरोन्नति हुने भएको छ । कनेक्टिङ सडक अन्तर्गतकै उक्त सडक खण्डको चार किमीलाई फराकिलो पारिने छ । नाला बाहेक ६ मिटर चाक्लो बनाइने सडकमा चार किमी नाला निर्माण गरिने रेग्मीले बताए । सडकमा १४ वटा कल्र्भट, एक सय मिटर रिटेनिङवाल, दुई सय ३२ मिटर ग्याबियन भरिने छ । चार किमी सडकलाई ग्राबेल गरिने वडाध्यक्ष आचार्यले बताए । उक्त काम गर्न महानगरले सात करोड ४८ लाखको बोलपत्र आह्वान गरेकोमा जोशी अमित जेभीले चार करोड ७४ लाखमा काम सक्ने गरी सम्झौता गरेको छ । निर्माण कम्पनीलाई सन २०२० जुलाईसम्म काम सक्ने समय दिइएको छ ।
ग्रामीण भेगलाई केन्द्रसँग जोड्ने गरी कनेक्टिङ सडकको योजनालाई प्राथमिकतामा राखेर काम थालिएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए । महानगरले कनेक्टिङ सडक निर्माण गर्न २७ वटा योजनालाई बहुवर्षीय योजनामा समावेश गरी काम सुरु गरेको हो । २७ योजना मध्ये २२ योजनाको सम्झौता भइसकेको छ भने पाँच वटा योजनाको पनि सम्झौता प्रक्रिया अगाडि बढेको सहरी पूर्वाधार महाशाखाले बताएको छ ।
Related News
सम्बन्धित समाचार
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
रेशम चौधरीसहित ५०१ लाई आम माफी
hero news full width
मुख्य समाचार
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०