पोखरा, १९ जेठ । तनहुँको शुक्ला गण्डकी नगरपालिकाको दुलेगौंडा स्थित अरिदेव नेवा पुच सेवाकोषको ९ अाै अधिवेशन तथा १९औं साधारण सभाले खिमनारायण मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
सेवाकोषका निवर्तमान अध्यक्ष आनन्दसुन्दर श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले गरेका हुन् । नेवारहरु आफ्नो भाषा संस्कृतिको संरक्षण र संवद्र्धन गर्न एकजुट हुनु पर्ने कुरामा उनले जोड दिएका थिए ।
उक्त अवसरमा श्यामकृष्ण मल्ल, गायक रामभक्त जोजिजू र पोखराया भिंतुनाका प्रधान सम्पादक उदयबहादुर अमात्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा गायक रामभक्त जोजिजूले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
खिमनारायण मल्लको अध्यक्षतामा बनेको नयाँ कार्यक्र समितिकोउपाध्यक्षमा रुद्रकुमार श्रेष्ठ, सचिब ज्ञाननारायण श्रेष्ठ, सह–सचिब सुकनारायण श्रेष्ठ र कोषाध्यक्षमा बेलबहादुर श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यमा आसमाया श्रेष्ठ, ईश्वरी कायस्थ, सुष्मा श्रेष्ठ, दीपक श्रेष्ठ, पुर्णलाल श्रेष्ठ, रमेश श्रेष्ठ, अमृत श्रेष्ठ, गणेश कुमार श्रेष्ठ साथै निवर्तमान अध्यक्ष आनन्दसुन्दर श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम सहित कलाकारहरुलाई सम्मान गर्नुको साथै गएको वर्ष विभिन्न परीक्षाहरुमा उतिर्ण भएका कोषका सन्तानहरुलाई प्रोत्साहन सहित विभिन्न पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रममा संस्थाको उपाध्यक्ष खिनारायण मल्लले स्वागत गर्नु भएको थियो भने शुक्ला गण्डकी नगर समन्वय समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, दुलेगौंडा मगर समाजका अध्यक्ष नरबहादुर थापा, दुलेगौंडा आदर्श समाजका अध्यक्ष पदमबहादुर बानिया, नेवाः देय् दबु गण्डकी प्रदेश सभा सदस्य प्रकाशमान पालिखे, लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सम्मानित ब्यक्तित्व उदयबहादुर अमात्यले पोखराया भिंतुना प्रकाशन नियमित गर्नुकोसाथै नेवार भाषाको व्यवस्थित रुपले प्रशिक्षण दिलाउनको लागि आपूm सधैं तत्पर रहेको जानकारी दिए । कार्यक्रम संस्थाकै सचिब ज्ञाननारायण श्रेष्ठले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
कालीगण्डकी दोहन रोक्न साझा पहल
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
hero news full width
मुख्य समाचार
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९