प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वविरुद्ध बोलेर बहादुर भइन्छ भन्ने भ्रम नपाल्न कार्यकर्तालाई आग्रह गरेका छन्। पोखरामा शनिवार रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको शुभारम्भ गर्दै उनले अधिकारीजस्तै अनुशासित हुन सुझाए।
‘रवीन्द्र अधिकारी अनुशासित इमान्दार कार्यकर्ता हो। पार्टीको निर्णयविरुद्ध, नेतृत्वविरुद्ध जथाभावी बोलेर आफ्नो बहादुरी हुन्छ भन्ने भ्रम नपाल्ने कार्यकर्ता हो, ’ उनले भने, ‘कतिपयलाई भ्रम पर्या छ, पार्टीको निर्णयविरुद्ध बोल्यो भने, पार्टीको नीतिका विरुद्ध बोल्यो भने, अनि विरोधीले उचाल्दिन्छन्, बेलुन बनाएर फुकेर ठूलो बनाइदिन्छन्, वाह विद्वान त यस्तो हुन्छ भनेर। हो क्यार भनेर त्यसैमा कुद्ने, त्यो लोभ रवीन्द्र अधिकारीमा थिएन। त्यो भ्रम अधिकारीमा थिएन। ’
ओलीले रवीन्द्र अधिकारी वाईडबडी खरिद प्रक्रियामा निदोर्ष रहेको दोहोर्याए। ‘रवीन्द्र अधिकारी मन्त्री हुनुभन्दा अगाडीको प्रसंग ल्याएर बद्नाम गर्ने कोसिस भयो र मैले भने उहाँ यस मामलामा निदोर्ष हुनुहुन्छ। एकथरि अत्यन्तै छु मतिका मान्छेहरुलाई साह्रै पोलेछ, उहाँ वास्तवमा निदोर्ष हुनुहुन्छ, ’ उनले अघि भने, ‘केही भुइँफुट्टा तत्वहरु प्रधानमन्त्रीले अदालतले फैसला नगरेका कुरामा निदोर्ष छ भन्न पाइन्छ भने। अदालतले फैसला नगरेका कुरामा दोषी भन्न पाइने, संलग्नता नै नभएको कुरामा निदोर्ष छ भन्न नपाइने? ’
अध्यक्ष ओलीले विरोधी हसाउने काम नगर्न नेता कार्यकर्तालाई निर्देशन दिए। ‘कुनामा बस्ने, कुरा काट्ने अनि फाल्तु गफ लेखेर विद्वान पल्टिने प्रवृत्तिहरु छँदैछ। यसको कुनै पनि अर्थ छैन। यसले आन्दोलनलाई कुनै योगदान गदैर्न। खाली विरोधीहरु हसाउनेमात्रै हो। यस्तो खाले प्रवृत्ति हुनु हुँदैन, ’ ओली भन्छन्, ‘हाम्रा साथीहरु देशप्रति इमान्दार हुनुपर्छ। जनताप्रति इमान्दार हुनुपर्छ। पार्टी र सिद्धान्तप्रति इमान्दार हुनुपर्छ। पद र प्रतिष्ठामा ध्यान दिन थाल्यौं भने हामीले आन्दोलन निर्माण गर्न सक्दैनौं। ’
उनले नेकपामा जनताको बहुदलीय जनवाद सबैभन्दा उत्कृष्ट विचार रहेको सुनाए। ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वाधिक शक्तिशाली बनाउने कुनै आन्दोलन छ भने, आज मदन भण्डारीका विचारले, जनताको बहुदलीय जनवादले नेतृत्व गरेको छ। आज हाम्रो पार्टी जुन सफलताको बिन्दुमा पुगेको छ, जनताको बहुदलीय जनवाद नै हो, ’ उनले भने, ‘त्यही विचारमा आज हामी सबै पुगेका छौं र आज पार्टीले लिएका विचारमा कुनै फरक छैन। ’ कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिको अभियानमा प्रतिष्ठानलाई उपयोग गर्नुपर्ने भन्दै आवश्यक सहयोग गर्ने बताए।
गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी निधन तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको थियो। उनकै सम्झनामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना गरिएको हो। रवीन्द्रका सोच र दृष्टिकोणलाई स्थायी बनाउन प्रतिष्ठान गठन गरिएको नेकपा कास्कीले जनाएको छ। प्रतिष्ठानले अनुसन्धानात्मक क्रियाकलापलाई जोड दिने प्रतिष्ठान अध्यक्ष तथा रवीन्द्रपत्नी विद्या भट्टराईले बताइन्। उनको अध्यक्षतामा ३५ सदस्यीय तदर्थ समिति गठन भएको छ भने ४१ सस्दयीय सल्लाहकार समिति गठन भएको छ। प्रतिष्ठानलाई नेपाल सरकारले १ करोड रुपैयाँ सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ।
प्रतिष्ठान उपाध्यक्षमा नेकपा कास्की अध्यक्ष कृष्ण थापा, नेकपा नेता दामोदर वैरागी, महासचिव धनराज आचार्य, उपमहासचिव दीपेन्द्र अधिकारी, सचिव पुष्पज्योति ढुंगाना र विमला पहारी छन् भने कोषाध्यक्षमा देवका पहारी त्रिपाठी छन्। सल्लाहकार समिमिा रवीन्द्रका सहकर्मी नेता योगेश भट्टराईदेखि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसम्म छन्।
Related News
सम्बन्धित समाचार
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
पत्रकारले पेसागत मर्यादा भल्नु हुँदैन : मुख्यमन्त्री पाण्डे
संसद फर्कने ढाकाकुमारको प्रयास असफल, अन्तरिम आदेश जारी भएन
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०