सशस्त्र प्रहरी बल (एपीएफ), कालिका गण तेश्रो अभियान पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। मालेपाटनस्थित खेलमैदानमा शनिबार भएको फाइनलमा एपीएफ कालिका गणले पञ्चासे आदर्श युथ क्लबलाई २५–२१, २६–२४, २५–१२ को सोझो सेटमा हराउँदै एपीएफले उपाधि हात पारेको हो।
उपाधिसँगै एपीएफ कालिका गणले ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ। उपविजेता पञ्चासे आदर्शले ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ।
एपीएफका नूर राना प्रतियोगिताको वेष्ट प्लेयर बने। पोखरा टप्स क्लब अनुशासित टिम बन्यो। उत्कृष्ट सेटरमा आदर्शका प्रविन गुरुङ, उत्कृष्ट डिफेन्डरमा सशस्त्रका मदन गुरुङ, उत्कृष्ट स्पाइकरमा सशस्त्रका भोजराज बिसी, उत्कृष्ट ब्लकरमा पञ्चासे आदर्शका बिशाल गुरुङ, उत्कृष्ट सर्भरमा सशस्त्रका सन्तोष क्षत्री बने।
मेट्रोसिटी हस्पिटलका अध्यक्ष डा भरत खत्री, ट्रिनिटी एजुकेशन फाउन्डेशनका डाइरेक्टर डीबी गुरुङ, क्लबका अध्यक्ष मोहनबहादुर केसी र क्लब पदाधिकारीहरुले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरे।
यसअघि पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरी बल कालिका गणले साइनिङ स्टार युथ क्लबलाई २५¬–२०, २५–२०, २५–२० को सोझो सेटमा पराजित गर्दै फाइनल खेलेको हो। दोश्रो खेलमा पञ्चासे आदर्श युथ क्लबले मालेपाटन युनाइटेड क्लबमाथि २६–२४, २५–२२, १९–२५, २५–१८ को जित निकाल्दै फाइनल खेलेको हो।
मेट्रोसिटी हस्पिटल अध्यक्ष डा भरत खत्रीले उक्त कार्यक्रममा बोल्दै शरीरलाई स्वास्थ्य राख्नका लागि खेल अपरिहार्य रहेको बताए। उक्त हस्पिटलका हाडजोर्नी तथा नशा विशेषज्ञसमेत रहेका डा खत्रीले खेललाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। ट्रिनिटी एजुकेशन फाउन्डेशनका डाइरेक्टर डीबी गुरुङले युवाहरु खेलप्रतिको आकर्षणमा झुक्दै गएकोले खेलका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
क्लब अध्यक्ष मोहनबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता सह–संयोजक विक्रम थापाले स्वागत र सचिव राजु गिरीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
मुवाथाइको समर क्याम्प
मुवाथाइको समर क्याम्प
पोखरा १४ लाई फुटबल उपाधि
मुवाथाई सिकाइँदै
प्रदेशस्तरीय एसइई फुटसल
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०