नहर निर्माण र गुणस्तरबारे तालिम

कमलमोहन घिमिरे
जेठ १९, २०७६
bange bidikulo2076_Fotor

नहर निर्माण र गुणस्तर तथा जल उपभोक्ता समितिको संस्थागत विकाससम्बन्धी तालिम जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, तनहुँको आयोजनामा नहर निर्माण र गुणस्तरसम्बन्धी तालिम भएको छ।

बाँङ्गे बिडी कुलो सिँचाइ जल उपभोक्ता समितिका सदस्य गरी तालिममा ४० जना उपभोक्ताको सहभागिता थियो।

जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका होमबहादुर भण्डारीले योजनाको सम्बन्धमा सम्पूर्ण उपभोक्ता सचेत तथा जिम्मेवार रहनुपर्ने बताए। उनले पानी वितरणमा सजग रहन पनि अनुरोध गरे।

कार्यक्रममा जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका लेखा अधिकृत पहलसिं थापा, सव–इञ्जिनियर सोनी कार्की, एओ भीमा विष्ट, बांगे बिडी कुलो सिंचाइ जल उपभोक्ता समिति कोषाध्यक्ष सर्वदा खनाल, उपभोक्ता केशवराज पौडेल, सूर्यमणि सुवेदी, बालकृष्ण घिमिरे, ध्रुवराज घिमिरे, पदमराज पौडेल, लक्ष्मी घिमिरे लगायले वोलेका थिए।

बाँङ्गे बिडी कुलो सिँचाइ जल उपभोक्ता समिति अध्यक्ष केदारभक्त घिमिरेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव कमलमोहन घिमिरेले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग