हेटौँडा, १९ जेठ । चट्याङका कारण मकवानपुरगढी गाउँपालिका बुङदलमा एक महिलाको मृत्यु भएको छ ।
शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर अर्की एक महिला घाइते भएकी छन । चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटनास्थलमै मृत्यु भएको छ भने कान्छीमाया स्याङतान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । यसैगरी चट्याङ लागेर सन्तलाल दोङको घरमा लागो लागेको स्थानीयवासीले जानकारी दिएका छन । २० दिनअघि पनि सोही स्थानमा चट्याङ लागेर फूलमाया पाख्रिनको मृत्यु भएको थियो । चट्याङका कारण निरन्तर मृत्यु हुने र घाइते हुँदा पनि सम्बन्धित निकायले अर्थिङ जडानलगायत रोकथामको उपाय नगरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन ।
Related News
सम्बन्धित समाचार
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
कास्कीकाे नाउडाँडामा २ जनाकाे ज्यान जानेगरी दुर्घटना गराएर भागेका मल्ल काठमाडौंबाट पक्राउ
जीप दुर्घटना एकै ठाउँका पाँचको मृत्यु
टिपर दुर्घटनामा एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर युवतीको मृत्यु
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९