जेष्ठ १८, कास्कीको अन्नपूर्ण गाउँपालिका –८ अन्र्तगतको पशुसेवा शाखाले व्यावसायिक पशु फर्महरुका लागि जैविक सुरक्षा सामाग्री वितरण गरेको छ ।
अन्नपूर्ण गाउँपालिकाको कार्यलयमा भएको उक्त कार्यक्रममा गाउँपालिकामा दर्ता भएका दश वटा व्यावसायिक फर्महरुलाई जैविक सुरक्षा सामाग्रीहरु वितरण गरीएको गाउँपालिका अध्यक्ष युवराज कुवँरले जानकारी दिए ।
पशुगोठमा आवश्यक पर्ने विभिन्न सामाग्रीहरु,कृषकका लागि विभिन्न उपकरणहरु तथा गोठमा लगाउनका लागि २५केजी चुन र १७ लिटर फिनाईल प्रति फर्मलाई वितरण गरिएको छ ।
समग्र अन्नपूर्ण गाउँपालिका पर्यटकको उत्कृष्ट गन्तव्य भएकाले यस क्षेत्रमा आउने पर्यटकहरुलाई अर्गानिक परिकार खुवाउन, पर्यटनप्रर्वद्धन गर्नको लागि र कृषि पेशालाई अझै उत्पादनमुखी र व्यावसायिकरण गर्नको लागि जैविक सामाग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कुवँरले बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले यस्ता खालका कार्यक्रमले कृषि पेशामा आबद्ध कृषकहरुलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष युवराज कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासकीय अधिकृत शेषकान्त पौडेल,जनप्रतिनिधि,कृषि समुहका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
Related News
सम्बन्धित समाचार
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०