जेष्ठ १७ पोखरा । पुर्व राष्ट्रिय फुटवल खेलाडी तथा एचआइभी संक्रमित पोखराका गोपाल श्रेष्ठले विश्वकै सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तीमान बनाएसँगै उनलाई पोखरामा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ ।
गोपाललाई सगरमाथा आरोहण गराउने समुह स्टेप अफ क्याम्पियन दोश्रो चरणले उनको स्वागत तथा अभिनन्दन गरेको हो । उनको अभिनन्दनमा पोखराका अधिकतम संघ सस्थाहरुको सहभागिता रहेको थियो भने अभिनन्दन पछि उनलाई पोखरा परिक्रमा पनि गराइएको थियो ।
दुई महिना अगाडी पोखरावाट सगरमाथा आरोहणका लागि निस्किएका श्रेष्ठले गएको ८ गते बुधवार विहान ७ः३० वजे सगरमाथाको टाकुरामा पाईला राखेका थिए ।
एआइभी संक्रमित ब्यक्तिले सगरमाथाको सफल आरोहण गरेको यो नै पहिलो हो । पोखरा ७ रत्नचोक निवासी श्रेष्ठ आरोहण पश्चात फर्कने क्रममा स्वास श्वास र अन्य शारिरीक समस्याका कारण एक हप्ता काठमाण्डौमै उपचार गराएपछि उनी शुक्रवार मात्रै पोखरा आएका हुन् ।
स्टेप अफ क्याम्पिएनका संयोजक पदमराज पहारीले अभियानले पहिलो चरणको सफलता पाएको धारणा राखे । उनले भने–“यो अभियान समग्र नेपालीको हो त्यसैले हामीले गोपालको आरोहण पछिको आगमनलाई भव्य रुपले स्वागत र अभिनन्दन गरेका हौं ।”
पोखरा विमानस्थलमा अवतरण गर्दै आरोहि श्रेष्ठले यो सफलता संसार भरका एच आई भी संक्रमित र प्रभावितहरुमा समर्पण गरेको धारणा राखे । उनले भने–“ वल्ल अभियान सुरु भएको छ गर्नु पर्ने कामहरु धेरै छ अव हामी एक भएर संसार भरका एच आई भी संक्रमितहरुलाई समाजले हेर्ने नजरीया परिवर्तन गर्न जरुरी छ ।”
अभियान पछि संक्षिप्त भनाई राख्दै अभियानकी सचिव जमुना शर्माले अव अभियानले एच आई भि संक्रमितका वालवालीकाका क्षेत्रमा काम गर्ने जानकारी दिईन् ।
श्रेष्ठले ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशनका फूर्वा तेन्जीङ शेर्पाको नेतृत्वमा सगरमाथा आरोहण गरेका हुन । उनलाई आरोहण गराउनका लागि अनुभवी शेर्पा दाकिवा शेर्पाले निजी रुपमा जिम्मा लिएका थिए । निजी शेर्पा दाकिवाका अनुसार श्रेष्ठले कुनै पनि समस्या नदिईकन आरोहण सफल गरेको जानकारी दिए । उनले भने–“ गोपाल दाईमा आरोहण सँग सम्वन्धीत ज्ञान र आरोहणका लागि आवस्यक पर्ने क्षमता राम्रो रहेछ ।”
श्रेष्ठले विश्वभर छरिएर रहेका एचआईभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै ‘स्टेप अप क्याम्पियन’ अभियान मार्फत सन् २०१५ मा सगरमाथा पनि चढ्ने प्रयास गरेका थिए । तर त्यतिवेलाको विनाशकारी महाभूकम्पका कारण सफल भएका थिएनन् ।
एचआईभी र एड्ससँग सम्बन्धीत भेदभावको अन्त्य गर्ने उद्देश्यले सगरमाथा चढ्ने उनको पहिलो प्रयास विफल भएपनि यसपाली भने उनी सफल भएका हुन् ।
‘अभियानले मूलतः मानिसको प्रेरणासँग दाँजेको हुन्छ,’ स्टेप अप क्याम्पियनका संयोजक पहारीले त्यसबेला भनेका थिए, ‘संक्रमित भएपनि सम्पूर्ण रुपमा आफू अन्य मानिसहरु सरह सक्षम रही राष्ट्रको नाम उचो राख्ने गोपाललाई हामी साथ दिन्छौं ।’
२५ वर्षअघि एचआईभी सक्रमण भएका ५६ वर्षीय श्रेष्ठले ‘स्टेप अप क्याम्पेन ः सेकेण्ड फेज’ अभियान अन्तर्गत सगरमाथा आरोहण गरेका छन् ।
गोपालले सगरमाथा आरोहण गर्नुअघि सन् २०१३ मा ५,४१७ मिटर उचाइको थोराङ्ग ला पास, सन् २०१४ मा ६,१८९ मिटर उचाइको आइल्याण्ड पिकको सफल आरोहण गरिसकेका छन् । त्यस्तै सन् २०१६ मा ६,६४६ मिटर उचाइको भर्जिन पिक खाङ कार्पोको सफल आरोहण गरिसकेका छन् ।
Related News
सम्बन्धित समाचार
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन
विस्मृतिमा अन्नपूर्ण प्रथम हिमाल
नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ : कांग्रेस
hero news full width
मुख्य समाचार
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०पोखराबाट कांग्रेस नेतृत्वलाई खबरदारी : पार्टीको चाल, चेहरा र चरित्र फेर्न रुपान्तरण अभियान
जेठ २०, २०८०