दाताको सहयोगबाट धानिएको संस्कृति मावि

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७६
61742491_10216967626375517_7373890120547565568_n – Copy

पोखरा १७, जेठ । पोखरा लामाचौर स्थित जय मनकामना बचत तथा ऋण सहकारी संस्थाको २१ औं स्थापना दिवसको अवसरमा शुक्रबार पोखराको एक सामुदायिक बिद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ ।

सम्भवत गण्डकी प्रदेशकै पहिलो बिद्यालय पोखरा बगरमा रहेको संस्कृति माविलाई सहकारीले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत २५ हजार नगद सहयोग हस्तन्तरण गरेको हो ।

सहकारीका अध्यक्ष संजय कुमार अधिकारी, पूर्व अध्यक्ष पुष्पेन्द्र पाण्डे, कोषाध्यक्ष बुद्धि बहादुर क्षत्री खत्री, प्रबन्धक टंकप्रसाद अधिकारी लगायतले उक्त रबम बराबरको चेक बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष गोविन्द नेपाली, सदस्य एवं गुरुकुल आश्रम व्यबस्थापन समितिका अध्यक्ष गणेश बहादुर थापा, बिद्यालयका प्राचार्य गोविन्द प्रसाद सिग्देललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

उक्त अवसरमा नव आर्दश सामुदायिक विकास समाजले बिद्यालयमा अक्षयकोष स्थापनाको लागि भन्दै १५ जार रुपैया आर्थिक सहयोग गरेको छ । त्यसै गरी सहकारीका अध्यक्ष संजयकुमार अधिकारीले आफ्ना दुई छोरी शरीस्मा र सपना अधिकारीको नामबाट १२ हजारका अक्षयकोष स्थापना गर्ने घोषणा गर्दै आगामी दिनमा बिद्यालयलाई आवश्यक पर्ने सहयोग गर्ने बताए ।

समाजसेवी लोक बहादुर थापाले बिद्यालयमा रहेका ७२ जना वटुकहरुलाइ एक दिनको खान खुवाउने बताएकाछन् । त्यस्तै कमल थापाले बिद्यालयमा हाल निमार्ण हुदै गरेको पन्चाङग् मन्दिर निर्माणको लागि २ टिप वालुवा दिने घोषणा गरेकाछन्। बिद्यालयका अध्यक्ष नेपालीले बिद्यालयमा हाल जेनतेन विभिन्न दाताहरुको सहयोगबाट संस्कृत अध्ययनको छात्रवास संचालन गर्दै आएको बताए । कक्षा १ देखि १० कक्षासम्म बिद्यालयमा २ सय २५ जना बिद्यार्थीहरु रहेको बिद्यालयले जनाएको छ ।

जस मध्य ४ देखि १० कक्षासम्मक विभिन्न जिल्लाबाट आएका वालकहरुको संस्कृत अध्ययनको लागि आवासिय छात्रवास समेत बिद्यालयले संचालन गर्दै आएको गुरुकुल छात्रबास व्याबस्थापन समितिक अध्यक्ष थापाले बताए । उनले भने “ गण्डकी प्रदेशकै सवै भन्दा पुरानो बिद्यालय आज आएर दातहरुसंग मागेर चलााउनु परेको छ, सरकारी निकायको यसमा ध्यान पुग्न सकेको छैन्। ”

यसै बिच शनिबार लामाचौरमा निशुल्क (थाइराइड, सुगर र कोलिस्टोर) के स्वास्थ्य शिविर हुने भएको छ । नव आर्दश सामुदायिक विकास समाजको आयोजना यूआरएलको प्राविधिक सहयोग, जय मनकामना सहकारीको संयोजनमा उक्त कार्यक्रम हुने भएको सहकारीका कोषाध्यक्ष खत्रीले जनाए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width