पोखरा–२६ मा महिला समान्वय समिति गठन

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७६

लेखनाथ, १७ जेष्ठ । पोखरा–२६ मा मुरली थापाको संयोजकत्वमा ११ सदस्यीय वडा स्तरीय महिला समन्वय समिति गठन गरिएको छ ।
महिला हकहित र वडामा रहेका विभिन्न आमा समुहलाई संगठित गरी विकास निर्माणको क्षेत्रमा समाहित गराउने उद्देश्यका साथ महिला सदस्य मुरली थापाको संयोजकको रुपमा चयन गरिएको हो ।

वडा भित्र रहेका क्रियशील महिलाहरुको भेलाले सह संयोजकमा लक्ष्मी रानाभाट र सचिवमा सर्मिला सुनारलाई चयन गरेको हो भने समितिको सदस्यहरुमा टंका मगर शारदा बराल, शोभा भण्डारी, अञ्जली विक, संगिता परियार, मोतिमाया रानाभाट,ईन्दिरा लामिछाने र मीना श्रेष्ठ रहेका छन् ।

यसैगरि समितिको सदस्यमा निर्मला ढुगाना, तारा ढकाल, मिठु भण्डारी, राधा सापकोटा, सर्मिला गुरुङ, विष्णु लामिछाने र शान्तादेवि ढुंगाना रहेका छन् ।

डाअध्यक्ष नारायण प्रसाद बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा मुरली थापा, विश्वप्रकाश बराल,लक्ष्मी रानाभाट, वडा सदस्य खड्कबहादुर रानाभाट, बमवहादुर घर्ती र निर्मला ढुंगाना लगाएतले महिलाहरु वडाको विकासका लागि संगठित भएर अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…
  • भवन निर्माण आचारसंहिता प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहितासम्बन्धी प्रशिक्षण शनिबार सम्पन्न भयो । प्रशिक्षण उद्घाटन गर्दै लेखनाथ निर्माण…
  • दीपक समीप पुरस्कृत

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ बाट सम्मानित भएका छन् । शनिबार आयोजित समारोहमा नेपाल संगीत तथा नाट्य…

hero news full width

trending post

ट्रेन्डिङ्ग