अस्पतालमा होहल्ला गर्ने छ पक्राउ

रासस
जेठ १७, २०७६
58242df91a475

चितवन, १७ जेठ । भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्युपछि होहल्ला गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मृत्यु हुनेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–५ बस्ने प्रकाश बस्नेतका १४ महीनाका छोरा रहेका छन । निमोनियका कारण उपचारका लागि जेठ १४ गते भरतपुर अस्पताल ल्याइएका बालकको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको थियो ।
बालकले आमाको दूध खाने समयमा दूध सर्किएर मृत्यु भएको अस्पतालले जनाएको छ ।

बालकको मृत्युपछि बालकका आफन्त र सर्वसाधारण चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित बनेका थिए । आक्रोशित भीडलाई नियन्त्रणमा लिने क्रममा बिहीबार साँझ प्रहरीले सामाजिक अभियन्ता अर्जुन भुसालसहित छ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    कुरिनटार । साँघुरो सडक, गाडीको अत्यधिक चाप अनि बर्खाको बेला पहिरोले पु¥याउने क्षति । मुलुकभरका धेरैजसो सडकको यही दुर्दशाले दिनहुँ…
  • प्रधानसम्पादक बास्तोला सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला राष्ट्रिय नागरिक पत्रकारिता सम्मान–२०७९ द्वारा सम्मानित भएका छन् । काठमाडौंमा शनिबार…
  • बगनासकालीको वार्षिक समीक्षा

    आदर्श समाज सम्वाददाता श्रावण १९, २०७९
    पाल्पा । बगनासकाली गाउँपालिकाको वार्षिक प्रगति समीक्षा कार्यक्रम भएको छ । गाउँपालिकाको नियमित वार्षिक कार्यसूचीअनुसार गाउँसभा सदस्य, कर्मचारी, सञ्चारकर्मीको सहभागितामा…
  • करेन्ट लागेर ससुरा–बुहारीसहित ३ जनाको मृत्यु

    रासस श्रावण १९, २०७९
    राजविराज । सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई…
  • चुनाव मिति आज तोकिने

    आदर्श समाज सम्वाददाता श्रावण १९, २०७९
    पोखरा । प्रदेश तथा प्रतिनिधिसभाको चुनावको मिति कहिले तोकिएला भन्ने चासो बिहीबारदेखि मेटिने भएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले…

hero news full width