अर्थमन्त्री डा युवराज खतिवडाले संघीय सांसदलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमको रुपमा प्रदान गरिने ६ करोड रुपैयाँको बचाउ गरेका छन्। यो घोषणाको भने सामाजिक सञ्जाल र अन्यत्र समेत तीव्र विरोध भएको छ।
बजेट भाषण प्रस्तुत गरेको भोलिपल्ट राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले विकासको अभियानबाट सांसदलाई विमुख गर्न नमिल्ने तर्क पेश गरे। आफूले लोकप्रिय बजेट ल्याएको स्वीकार गर्दै उनले राजनीतिक मुद्दा सकिए, अब विकासको मुद्दा भनिरहेका बेला विकास गर्छु भनेर आएका सांसदलाई निषेध गर्न नमिल्ने बताए। स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमको नाममा ४ करोड रुपैयाँ प्रदान गर्दै आइएकोमा यसपटक बजेटले त्यसलाई बढाएर ६ करोड रुपैयाँ पुर्याएको छ।
‘यो विकास गर्छौ, त्यो विकास गर्छौ भनेर चुनाव लड्नुभयो। उहाँहरुको जायज कुरा नसुनेर जाने प्रजातान्त्रिक विधि हुँदैन, ’ अर्थमन्त्री खतिवडाले पत्रकार सम्मेलनमा भने, ‘जनप्रतिनिधि नै संलग्न नभएको विकास कस्तो होला? ’ खतिवडाले सांसदलाई पैसा बाँडेको नभइ ६ करोड बराबरका योजना छनोट गरी त्यसको कार्यान्वयन अनुगमन गर्ने अधिकार प्रदान गरिएको भनाइ राखे।
उनले थपे, ‘हामीले जनप्रतिनिधिमूलक व्यवस्था रोज्यौं, जनप्रतिनिधिलाई विकाससँगै जोडेर चुनाव लड्यौं, जनमतलाई प्रतिविम्बित गर्ने जनप्रतिनिधिले नै हो। जायज कुरा नसुनेर जाने विधि प्रजातान्त्रिक विधि हुँदैन। अर्थमन्त्री खतिवडाका अनुसार राजनीतिक मुद्दाहरु सकिए, अब विकासको मुद्दा अगाडि सार्नुपर्ने बेला आएको छ। उनले जनप्रतिनिधिले आयोजना छनोट गर्ने अधिकारमात्र पाएको बताए। निर्वाचन क्षेत्रमा दिएको रकम दुरुपयोग हुन नदिन सबै चनाखो हुनुपर्ने भनाइ उनले अगाडि सारे।
चालु बजेटको खर्चबारे बोल्दै उनले दातृनिकायबाट शोधभर्ना लिनुपर्ने कागजात समयमा नै बन्न नसक्दा पनि कतिपय भुक्तानी रोकिएकोले चालु आर्थिक वर्षमा विकास खर्च ४४ प्रतिशतमात्र देखिएको उनको भनाइ छ। अर्थमन्त्री खतिवडाले आगामी आवमा पुँजीगत खर्च सुधार गर्न संरचनागत सुधारको प्रक्रिया अगाडि बढाइएको स्मरण गराए। कतिपय कानून निर्माणमा भएको ढिलाइले पनि चालु आर्थिक वर्षमा लक्षित राजश्व उठ्न नसकेको उनको भनाइ छ।
यसैगरी सकारात्मक आर्थिक विकासका लागि सरकारले अनावश्यक आयातमा रोक लगाएको बताउँदै उनले ठूला उद्योगी व्यवसायीले ट्याक्स क्रेडिट लिन पाउँदा पनि आगामी वर्षको लक्षित राजश्व लक्ष्य हासिल हुने दाबी गरे। चालु बजेटले जनतालाई निराश पारेको आरोप खेपेका अर्थमन्त्रीले नयाँ बजेट भने लोकप्रिय खालको ल्याउनुको कारण पनि खुलाए। उनले प्रष्ट्याए, ‘धेरै पर्खाईमा राखेर धर्यको बाँध टुटाउन हुन्न।
सडक सुधारका लागि डिजेल तथा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ सडक सुधार कर लगाइएको उनले बताए। उनले तपाईंहरु एक रुपैयाँ तिर्नुस्, खाल्डोबाट हामी जोगाउँछौं भने। सामाजिक क्षेत्र प्राथमिकतामा राखेका खतिवडाले पूर्वाधारमा पनि ठूलो अनुपातमा बजेट बढाएका छन्।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९