वडाध्यक्ष कपको सेमिफाइनल आज

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७६
Wada Adheyaksha Cup 1_Fotor

अन्तरविद्यालय वडाध्यक्ष कप फुटबलमा सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा शान्ति निकुञ्ज, ढुङ्गेसाँघु बोर्डिङ स्कूल, फिस्टेल एकेडडेमी र पार्दी मावि सेमिफाइनल पुगेका छन्।

शुक्रबार शान्ति निकुञ्ज बोर्डिङविरुद्ध ढुङ्गेसाँघु बोर्डिङ स्कूलबीच पहिलो सेमिफाइनल हुनेछ। साथै दोस्रो सेमिफाइनलमा फिस्टेल एकेडेमीविरुद्ध पार्दी माविले सामना गर्ने आयोजक ड्यामसाइड क्लबले जनाएको छ।

विहीवार पहिलो क्वार्टरफाइनलमा शान्ति निकुञ्जले एलपी देवकोटा बोर्डिङ स्कूललाई २–१ गोलले हराउँदै सेमिफाइनल पुगेको हो। उक्त खेलमा शान्ति निकुञ्जका विजय गुरुङ म्यान अफ दि म्याच बने।

दोस्रो खेलमा ढुङ्गेसाँघु बोर्डिङले शिशुकल्याण बोर्डिङलाई टाइब्रेकरमा ८–७ गोलले हराउँदै सेमिफाइनल पुगेको हो। निर्धारित समयमा दुबै टोलीबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। उक्त खेलमा ढुङ्गेसाँघुका दिवस कार्की म्यान अफ दि म्याच बने।

तेस्रो खेलमा फिस्टेल एकेडेमीले एक्स–आर्मी बोर्डिङलाई ३–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गर्यो। उक्त खेलमा फिस्टेल एकेडेमीका संजोग गुरुङ म्यान अफ दि म्याच बने।

चौथोमा पार्दी माविले ओम एकेडेमीमाथि १–० को जित निकाल्यो। उक्त खेलमा पार्दी माविका सफल राई म्यान अफ दि म्याच बने।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width