किरणले छाडे टीसी स्पोर्टस्

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७६
Keepar Kiran Chemjong_Fotor

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले माल्दिभ्सको शीर्ष डिभिजनको क्लब टिसी स्पोर्ट्स छाडेका छन्।

राष्ट्रिय टोलीबाट खेल्ने विषयमा क्लबसँग असमझदारी बढेपछि किरणले आफू अनुबन्धित उक्त टीसी स्पोर्टस् क्लबसँगको सम्झौता नै रद्द गरेका छन्। क्लबसँगको असमझदारी बढेपछि उनले टिसी स्पोर्ट्ससंगको सम्झौता रद्द गर्ने निर्णयमा पुगेका हुन्।

नेपाली फुटबल टिमका पहिलो रोजाइका गोलकिपर किरणले लगातार दोस्रो सिजन क्लबसंग नयाँ सम्झौता गरेका थिए। तर, राष्ट्रिय फुटबल टिमले खेल्ने दुई मैत्रीपुर्ण म्याच खेल्न क्लबले नदिने भएपछि उनी सम्झौता रद्द गर्ने निर्णयमा पुगेका हुन्।

नेपालले मैत्रीपूर्ण खेल खेल्ने मिति र टीसीको शुरुवाती खेलको मिति जुधेपछि क्लबसँग असमझदारी उत्पन्न भएको थियो। राष्ट्रिय टोलीबाट दुई मैत्रीपूर्ण खेल खेल्न किरणले क्लबसंग अनुमति मागेपछि क्लबले उनलाई छाड्ने नसक्ने बताउँदैआएको थियो। टीसीले आफूलाई नछाड्ने बताएपछि आफूले क्लबसँगको सम्झौता रद्द गरेको किरणले संचारमाध्यमलाई जानकारी गराएका छन्।

किरण नेपाली टिमसँग विहीवारै मलेसियाका लागि प्रस्थान विश्वकप तयारीमा रहेको नेपालले दुई मैत्रीपूर्ण खेल खेल्दैछ। किपर किरणसँगै टिममा किपरहरु एलन न्यौपाने र विकेश कुथु छन्। टिममा डिफेन्डरहरु विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ र रवि सिलवाल छन्। मिडफिल्डरहरु सुनील बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोस तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्ट छन।

विश्वकप तयारीमा रहेको नेपालले दुई मैत्रीपुर्ण खेल खेल्दैछ। नेपालले यसै साता दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले यही जुन २ मा मलेसियासँग र जुन ६ मा चाइनिज ताइपेइसँग उसैको घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ। किरण सो टोलीमा महत्वपूर्ण सदस्यका रुपमा रहेका छन्।

गत सिजन टीसीले उपाधि जित्दा किरणले उच्च प्रदर्शन गरेका थिए। किरण सिजनको उत्कृष्ट गोलकिपरसमेत चुनिएका थिए। किरणले सम्झौता रद्द गरे पनि यस सिजन नेपालका फरवार्ड विमल घर्तिमगरले भने टीसीबाट खेल्नेछन्। विमल अहिले राष्ट्रिय टिम बाहिर छन्।

Related News

सम्बन्धित समाचार

  • पोखरामा हाफ म्याराथन हुने

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    लेखनाथ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा शनिबार हाफ म्याराथन हुने भएको छ…
  • प्रदेशस्तरीय पुरुष बास्केटबल सुरु

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना पोखरा रंगशालामा बिहीबारदेखि गण्डकी प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरू भएको छ । ३…
  • टेबलटेनिस खेलाडीको छनोट

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा कास्की जिल्ला टेबलटेनिस संघको व्यवस्थापनमा गण्डकी प्रदेशस्तरीय टेबुलटेनिस प्रतियोगिताको लागि कास्कीका खेलाडी…
  • अन्तरसामुदायिक विद्यालयस्तरीय छात्रछात्रा क्रिकेट सुरु

    आदर्श समाज सम्वाददाता जेठ २५, २०८०
    पोखरा । दोस्रो संस्करणको ब्रेकिङ बाउन्ड्रिज कास्की जिल्लास्तरीय अन्तरसामुदायिक छात्रछात्रा टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । पोखरा क्रिकेट…
  • गण्डकी कबड्डी संघमा पवन

    आदर्श समाज सम्वाददाता जेठ २४, २०८०
    पोखरा । पवनकुमार प्रजापतीको अध्यक्षतामा १२ सदस्यीय गण्डकी प्रदेशस्तरिय कबड्डी संंघ गठन भएको छ । पोखरामा मंगलबार प्रथम अधिवेशनले पोखरा…

hero news full width