नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), गण्डकीको अगुवाइमा आयोजित प्रवद्र्धनात्मक मुस्ताङ यात्रा सम्पन्न भएको छ। अरुलाई मुस्ताङ सिफारिस गर्ने पर्यटन व्यवसायीहरु आफै यो साता मुस्ताङ यात्रामा निस्किएका थिए।
४२ सदस्यीय टोलीले पहिलो दिन जेठ ११ गते म्याग्दी पुगेर टोलीले पर्यटन प्रवद्र्धनबारे त्यहाँका होटल व्यवसायीसँग छलफल गर्यो। म्याग्दी होटल व्यवसायी संघका अध्यक्ष बाबुराम आचार्यले म्याग्दीमा पर्यटकको बसाइँ निकै छोटो हुने भएकाले व्यवसाय धराशायी बन्दै गएको चिन्ता जनाए। उनले भने, ‘तातोपानी, मालिका, टोड्केको धुरी, मल्लाज, गलेश्वरधामजस्ता आकर्षण भए पनि हामीले यी सम्पदा प्रचारप्रसार गर्न सकेनौं। पर्यटक यहाँ रोकिएनन्। ’ उनले यी स्थानलाई प्याकेजमा समावेश गरी म्याग्दीको प्रवद्र्धनमा सघाउन पोखरेली व्यवसायीलाई आग्रह गरे। अर्को दिन जोमसोमहुँदै टोलीले कागवेनी र मुक्तिनाथ भ्रमण गरेको थियो। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि भारतीय पर्यटक उल्लेख्य मात्रामा मुक्तिनाथ आउन थालेको बताए।
जेठ १३ मा पर्यटन व्यवसायीको टोली कोरला नाका पुग्यो। चीनतर्फको सिमानामा भन्सार कार्यालय लगायतको निर्माण भए पनि नेपालतर्फ काम भएको छैन।
नाट्टा गण्डकी अध्यक्ष सन्तोष पोखरेलले कोरला नाका खोल्ने भाषण निकै सुने पनि नेपालको तयारी नभएको देख्दा चिन्तित भएको बताए। उनले भने, ‘सरकारले पूर्वाधार तयार गरी चाँडै नाका खोल्नुपर्छ। नेपाली चीन व्यापारसँगै पर्यटनका लागि पनि यो ठाउँ अनुपम छ। ’
कोरलाबाट फर्केको टोलीले छोसेरमा रहेको ऐतिहासिक झोङ गुफा अवलोकन गर्यो। सोमबार लोमान्थाङका होटल व्यवसायीसँग पर्यटन प्रवद्र्धनबारे अन्तर्क्रिया गर्यो। होटल व्यवसायी संघ लोमान्थाङ अध्यक्ष छेवाङ जिग्मे विष्टले विदेशीलाई अपर मुस्ताङ प्रवेशमा लिइने शुल्क घटाउन माग गरे। विदेशी पर्यटकले अपर मुस्ताङ प्रवेशका लागि सरकारलाई १० दिनको ५ सय अमेरिकी डलर र एक्यापलाई पनि छुट्टै शुल्क तिर्नुपर्छ। अध्यक्ष विष्टले भन्छन्, ‘प्रवेश शुल्क चर्का लिएर पर्यटक नआएपछि पर्यटन प्रवद्र्धनको अर्थ हुँदैन। प्रवेश शुल्क लिएर संस्कृति जोगिने होइन, युवालाई सचेत र रोजगारी बनाऔं। ’
कार्यक्रममा टान पोखरा अध्यक्ष हरि भुजेलले प्रवेश शुल्क घटाउनेभन्दा गुणस्तरीय पर्यटनमा जोड दिन सुझाव दिए। सोमबारै टोलीलाई चराङमा गाउँपालिकाले स्वागत गरेको थियो। मंगलबार म्याग्दीको तातोपानी, गलेश्वरधामहुँदै बागलुङको पञ्चकोट पुगेर टोलीले बागलुङ कालिका परिसरमा त्यहाँका व्यवसायीसँग छलफल गर्यो। बागलुङ पर्यटन विकास समितिसँगको सहकार्यमा भएको कार्यक्रममा बागलुङका मेयर जनकराज पौडेल, समिति अध्यक्ष राजु खड्का, विभिन्न पार्टीका प्रतिनिधिले त्यहाँको पर्यटन व्यवसायको अवस्थाबारे प्रकाश पारेका थिए। भ्रमण कार्यक्रम संयोजक कुलचन्द्र शर्माले मुस्ताङ र आसपासका क्षेत्रको भ्रमण फलदायी रहेको भएको बताए।
भ्रमणमा नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद्, टान पश्चिमाञ्चल, रेवान पोखरा, एनएमए अन्नपूर्ण शाखा, नेपाल हवाइ खेलकुद संस्था (ना) लगायत संस्थाका प्रतिनिधिसहितलाई सहभागी गराइएको थियो। अनौठो भूस्वरुप भएको मुस्ताङ घुम्नेक्रम स्वदेशी र विदेशीमाझ पछिल्ला वर्षहरुमा बढ्न थालेको छ। पोखरा मुस्ताङ जाने मुख्यमार्ग हो। यहाँका पर्यटन व्यवसायीले दशकौंदेखि पर्यटकलाई मुस्ताङ र अपर मुस्ताङ पठाउँदैआएका छन्।
Related News
सम्बन्धित समाचार
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
hero news full width
मुख्य समाचार
कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०