रेष्टुरेण्ट एण्ड बार एशोसिएएन नेपाल (रेवान), पोखराको आयोजनामा बार टेण्डरसम्बन्धी तालिम विहीवार सम्पन्न भएको छ।
दुई दिनसम्म चलेको तालिममा सहभागीलाई रेवान पोखरा सल्लाहकार अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले समापन अवसरमा प्रमाणत्र प्रदान गरे।
प्रमुख अतिथि भट्टराईले नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी गरिहरेको सन्दर्भमा नेपालमा दक्ष जनशक्तिको खाँचो रहेको औल्याए। पोखरा आउने स्वदेशी तथा विदेशी पाहुनालाई उनीहरुले खोजेजस्तै स्वाद र आतिथ्य प्रदान गरी उनीहरुलाई खुसी बनाउन दक्ष जनशक्तिको खाँचो पर्ने उनको भनाइ थियो।
तालिम संयोजक रेवान पोखराका कावा अध्यक्ष लक्ष्मण बरालले रेवानले आफू मातहतका रेष्टुरेण्टहरुको गुणस्तर वृद्धिमा वषेर्नी विभिन्न तालिम सञ्चालन गदैर्आएको जानकारी दिए।
तालिममा कक्टेल एण्ड ड्रिम्स स्कूल अफ बार एण्ड म्यानेज्मेण्टका प्रमुख कार्यकारी निर्देशक राजकुमार डिसीले सहजीकरण गरेका थिए।
नेपाल पर्यटन बोर्डको सहयोगमा सम्पन्न तालिममा रेवान पोखरामा आवद्ध विभिन्न रेष्टुरेण्टमा कार्यरत ५० जनाको सहभागिता थियो।
रेवान पोखराका निवर्तमान अध्यक्ष चौबहादुर गुरुङले सञ्चालन गरेको कार्यक्रममा सदस्य वसन्त गौतमले स्वागत मन्तव्य राखेका थिए।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९