गोर्खा भर्ति रोक्न माग्दै प्रदर्शन

एजेन्सी
जेठ १७, २०७६
lahure news_Fotor

पोखरालाई लाहुरेको शहर भनिन्छ । तर, वुधवार पोखरामा ब्रिटिस भर्ति स्थगन गर, मानव तस्कर बन्द गर, मानव अधिकार पालना गर, समान कामको समान दाम लगायत नारा घन्कियो।

पोखरा १६, दीपस्थित ब्रिटिस क्याम्पको गेटैमा नारा लगाउनेहरु थिए, पूर्व ब्रिटिस सेना एवम उनैका परिवार । ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिद्वारा गरिएको धर्नाका सहभागीहरुले त्यस्तो लगाएका नारा हुन् ।

भूपू गोर्खाहरुमाथि २ सय ४ वर्षदेखि ब्रिटिस सरकारले गर्दै आएको विभेद, अमानवियता अन्त्य गरी समानता एवं समान हैसियतको माग गर्दै शान्तिपूर्ण प्रदर्शन, धर्ना तथा सभामा सहभागीहरुले नारा घन्काए ।

ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके/नेपालका प्रमुख संयोजक कृष्णबहादुर राईले जुलाई १ तारेखसम्म नेपाल र ब्रिटिस सरकारले भूतपूर्व ब्रिटिस गौर्खा सैनिक समस्या सम्बोधनसम्बन्धी अन्तराष्ट्रिय सम्बन्ध समितिको प्रतिवेदन २०७५ लागू गर्न संघर्ष समितिसँग वार्ता नगरे वार्ताको ढोका सधैँ बन्द गर्ने चेतावनी दिए ।

उक्त प्रतिवेदन बिनाशर्त सरोकारवाला ब्रिटिस सरकार र नेपाल सरकारले लागू गर्ने घोषणा नगरे त्यसपछिको आन्दोलन निर्णायक हुने चेतावनी दिए । पेश गरिएको प्रतिवेदन कार्यान्वन नभएसम्म गोर्खा भर्ती स्थगन गर्नुपर्दछ, भर्तिको नाउमा मानवतस्करी रोक्नुपर्ने उनको भनाइ थियो। वार्ता गरी गोर्खा भर्तिलाई वैधानिकता दिनुपर्ने संयोजक राईको सुझाव थियो।

कार्यक्रममा पूर्वराज्यमन्त्री दिलमान पाख्रिनले संयुक्त प्रतिवेदन तत्काल कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गरे ।

गोर्खाको माग पूरा नभए आन्दोलन सशक्त हुने चेतावनी दिँदै उनले दुवै सरकारले वार्ता समिति बनाउनुपर्ने माग गरे ।

संघर्ष समिति नेपाल संयोजक एलबी घिसिङले वार्ताबाट माग पूरा नगरे गोर्खा भर्ती स्थगत हुनुपर्ने भन्दै तुरुन्त संघर्ष समितिको न्यायोचित माग पूरा गर्न नेपाल र ब्रिटिस सरकारलाई आग्रह गरे । संघर्ष समितिद्वारा ब्रिटिस क्याम्पका मेजर नाइटिङ्गेललाई बुझाइएको ज्ञापनपत्रबारे जानकारी गराउँदै उनले विभेद एवं असमानताको अन्त्य, न्यायोचित मागको सम्बोधन नगरिए मानवतस्कर गोर्खा भर्ती स्थगन गरिने चेतावनी दिए । गोर्खालाई समानता प्रदान नगरी क्याम्पका मेजर नाइटिङ्गेलले ब्रिटिस सकारबाट पठाइएको जानकारी पत्र दिएको उक्त पत्र प्रमुख संयोजक कृष्णबहादुर राईले कार्यक्रमस्थलमै आगो लगाएर जलाइदिए ।

गोर्खा सत्याग्रह संघर्ष समिति प्रवक्ता हिमाल राईले गोर्खा सैनिकको न्यायका लागि आन्दोलन सशक्त बनाइने चेतावनी दिँदै आगामी आन्दोलनलाई मानव अधिकारको आन्दोलनको रुपमा विकास गरिने बताए ।

गोर्खा मेजर चन्द्रबहादुर पुनले गोर्खाहरुले समनताको अधिकार मागेको हो भिख मागेको होइन भन्दै न्यायका लागि सबै आन्दोलित हुनुपर्ने बताए।

क्या. मेकबहादुर गुरुङले ब्रिटिसले त्रिपक्षीय सम्झौता गरी गोर्खा भर्तीको नाउमा मानव तस्करी गरिरहेको आरोप लगाउँदै समानका कामका लागि समान दाम र सम्मानको लागि आन्दोलित भएको बताए ।

तोरण गुरुङले ब्रिटिस साम्राज्यको पक्षमा त्रिपक्षीय सम्झौताको नामको गोर्खा भर्तीले गोर्खा परिवारलाई बर्बादी बनाएको आरोप लगाउँदै गोर्खामाथि अमानवीय व्यवहार गर्ने बेलायत र नेपाल सरकारले गोर्खाहरुको मागलाई तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

संघर्ष समिति केन्द्रीय सचिव पुष्पा घलेले सञ्चालन गरेको कार्यक्रममा रामदल गुरुङ, प्रदीप अधिकारी लगायतले गोर्खाको मागको पक्षमा ऐक्यबद्धता मन्तव्य व्यक्त गरेको थियो ।

विन्दवासिनीबाट शुरु शान्तिर्यालीसहितको धर्ना एवं विरोध सभामा भूपू गोर्खा सैनिक लगायत नागरिक समाजको बृहत् सहभागिता थियो।

Related News

सम्बन्धित समाचार

  • रास्वपा पोखरा २६ गठन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा २६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेलाले वैकुण्ठ बरालको अध्यक्षतामा तदर्थ वडा समिति गठन गरेको छ ।…
  • सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा ९ वडा कार्यालयले शनिबार पोखरामा सार्वजनिक सुनुवाइ गरेको छ । वडावासीले सोधेका प्रश्नका जवाफ दिँदै वडाध्यक्ष दीपेन्द्र…
  • मगर संघ बुढीबजारमा रामबहादुर

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    लेखनाथ । नेपाल मगर संघ बुढीबजार इकाइ समितिको शुक्रबार ११ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले रामबहादुर रानामगरको अध्यक्षतामा…
  • हेम्जा बोर्डिङमा जुरेस

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । हेम्जा बोर्डिङ स्कुलमा जुनियर रेडक्रस सर्कल गठन भएको छ । विद्यार्थीहरुको भेलाले रिया दर्नालको अध्यक्षतामा नया समिति गठन…
  • कल्याण शेरचन प्रतिष्ठानमा पूर्णबहादुर

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठान अध्यक्षमा पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ । शनिबार पोखरामा…

hero news full width