सांसद गुरुङको सहयोगमा उद्घोषण

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७६
training _Fotor

पोखरा–११ स्थित नमुना टोल विकास संस्थाको आयोजना र सांसद मीना गुरुङको आर्थिक तथा प्राविधिक सहयोगमा विहीवारदेखि उद्घोषण तथा कार्यालय व्यवस्थापन तालिम शुरु भएको छ।

पाँच दिनसम्म चल्ने सो तालिममा टोल विकास संस्थाका स्थानीय महिला तथा पुरुष गरी ३० जनाको सहभागिता छ।

तालिम उद्घाटन गर्दै सांसद गुरुङले जीवनोपयोगी सीप हासिल गर्दै आत्मनिर्भर बन्न आफूले वडामा सो कार्यक्रम ल्याएको बताइन्। उनले आफ्नो क्षमता अभिवृद्धिका लागि उद्घोषण कलाले सघाउ पुर्याउने विश्वास व्यक्त गरिन्। आगामी दिनमा पनि यसप्रकारका कार्यक्रम वडास्तरमा ल्याउने उनको प्रतिबद्धता छ।

हङकङ व्युटी इन्स्टिच्युट, महेन्द्रपुलका संचालक समेत रहेकी सांसद गुरुङले सामाजिक कार्यमा निकै क्रियाशील छन्। सांसद गुरुङ सो तालिमको प्रमुख प्रशिक्षक हुन्। उनले तालिमको लागि आवश्यक सम्पूर्ण प्राविधिक र आर्थिक सहयोगको प्रायोजन गरेकी छन्।

समिति अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहको संचालन लक्ष्मी केसीले गरेकी थिइन्। गोर्खाली एफएम मिडिया पार्टनर रहेको स्टेशन म्यानेजर खिमा गुरुङले बताइन्।

तालिमबाट बोल्ने कलाको विकास र कार्यालय कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे सीप हासिल हुने भएकोले वडामा बेरोजगारको संख्या पनि कमी हुने आयोजकको विश्वास छ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width