पाल्पाको तानसेन नगरपालिकाले पाल्पाको पहिचान दिने गरी पाल्पाली हाउस खोल्न आग्रह गरेको छ।
इकोनोमिक पोलिसी इन्कुवेटर (इपीआई) नेपालको प्राविधिक सहयोगमा पाल्पाली समाज पोखराले आयोजना गरेको तानसेन नगरपालिकाको आर्थिक विकासको लागि रणनीति तर्जुमा तथा लगानीका अवसरविषयक कार्यक्रममा नगरपालिकाका मेयर अशोक शाहीले सो आग्रह गरेका हुन्। उनले पाल्पाली हाउसले उत्पादित सामग्रीको बजारीकरणको लागि सहयोग गर्नुका साथै समग्र पाल्पाको प्रबद्र्धनमासमेत सहयोग पुर्याउने बताए। मेयर शाहीले ढाका, करुवा, खुर्पेटो लगायत हस्तकलाका सामानको प्रचारप्रसार गरी पाल्पा चिनाउन मद्दत गर्ने बताए। पर्यटन प्रवद्र्धनको लागि पोखरा, तानसेन र लुम्बिनीलाई जोड्न पर्ने उल्लेख गर्दै उनले पाल्पाको प्रवद्र्धनको लागि दूत बनेर काम गर्न पोखरामा बस्ने पाल्पालीलाई आग्रह गरे।
पाल्पाको आर्थिक गतिविधि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको चर्चा गर्दै उनले निजी क्षेत्रका लगानीकर्तालाई आकर्षण गर्न कर छुट लगायत विषयमा सहजीकरण गर्ने बताए।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पृथ्वीराज लिगलले तानसेन पर्यटन शिक्षा र स्वास्थ्यको लागि हिलस्टेसन भएको बताए।
लुम्बिनी आउने पर्यटकका लागि आकर्षण गर्न तानसेन नगरपालिकाले श्रीनरमा बनाउन लागेको ढुंगाको बुद्धको मूर्तिले पर्यटन प्रवद्र्धनमा थप आयाम थप्ने दाबी गर्दै बुद्धसँग सम्बन्धित संग्रहालय बनाउन र ध्यान शिविर राख्न सुझाव दिए। रानीमहललाई संग्रहालय बनाउनका लागि गुरुयोजना तयार पारेको जानकारी दिँदै उनले रानीमहल जाने बाटो यस आर्थिक वर्षमा कालोपत्रे हुने बताए।
योजनाविद् किशोर महर्जनले स्वच्छ वातावरण र हावापानीको कारण पाल्पाको पर्यटन व्यवसाय आसलाग्दो भएको बताए। उनले ठूला उद्योगको सम्भावना नभएको तानसेनमा कृषि र हस्तकलाका कुटीर उद्योगको प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरे, सचिव केशव नेपाल लगायतले पाल्पाको समग्र विकास र नयाँ गन्तव्यको खोजी गरी पर्यटनको प्रबद्र्धनमा लाग्न समाजले सहयोग गर्ने प्रतिबद्धता जनाए।
पाल्पा सदरमुकाम तानसेन लगायत आसपासम थुप्रै पर्यटकीय क्षेत्र छन्। पाल्पाको रहनसहन, कला संस्कृति आफ्नै प्रकारको छ।
पाल्पाली समाज पोखराले गत माघ ५ मा पनि पोखरामा पाल्पाली सांगीतिक साँझसहित पाल्पाको पर्यटकीय विकासका लागि जनप्रतिनिधिसँग अन्तर्क्रिया गरेको थियो।
Related News
सम्बन्धित समाचार
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
प्रमुख सचिवलाई अब प्रदेश र स्थानीय तहका कर्मचारीको असाधारण बिदा स्वीकृत गर्ने अधिकार
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०