अस्पतालमै पुगेर सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७६
help_Fotor

पोखरा २७, अघौर्वेशी निवासी २५ वर्षीय सुरज भुजेलको उपचारको लागि आर्थिक सहयोग गरिएको छ। गत वैशाख १ गते लेखनाथमा साइकल दुर्घटनामा परी घाइते उनको मेरुदण्ड र घाँटीमा गम्भीर चोट लागेको छ।

आर्थिक अवस्था कमजोरका कारण उपचारमा सहयोगार्थ स्थानीयवासी एवं नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन कास्की अध्यक्ष खडानन्द लामिछानेको पहलमा ६० हजार रुपैयाँ संकलन गरी विहीवार उनका अभिभावक किसान भुजेललाई हरियोखर्क अस्पतालमै पुगेर हस्तान्तरण गरिएको हो।

आफ्नो पहलमा पोखरा २७ घर भै हाल जापान निवासी मञ्जु गिरीले ३५ हजार सहयोग गरेको जानकारी लामिछानेले दिए। यस्तै नेपाली काँग्रेस पोखरा २७ ले २५ हजार सहयोग गरेको हो। सो रकम लामिछानेसहित नेपाली काँग्रेस कास्कीका नेता वजिरमान श्रेष्ठ, राजेन्द्रमणि लामिछानेले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

उक्त सहयोगप्रति घाइते परिवारले हार्दिक आभार व्यक्त गरेका छन्।

दुर्घटनामा घाइते सुरजको यसअघि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो हस्पिटलमा १६ दिनसम्म उपचार गरिएकोमा आर्थिक अभावमा पोखरा फर्काइएको थियो।

उनको हाल हरियोखर्क अस्पतालमा उपचार भैरहेकोमा उपचारमा निःशुल्क गनेर्बारे पहल भइरहेको खडानन्द लामिछानेले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width