पोखरा, १६ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कन्चनपुरकी बालिका निर्मला पन्त हत्या काण्डमा सम्लग्न व्यक्तिको पहिचान खुल्न निकै कठिन हुन सक्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हाता भित्र समुदाय–प्रहरी साझेदारीेमा निर्मित व्यायमशालाको विहीबार उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने– हत्याको घटना जति पुरानो हुन्छ त्यति नै हत्यामा सम्लग्न व्यक्ति पत्ता लगाउन कठिन हुनुको साथै प्रमाणहरु मेटिदै जान्छन् ।
कास्की प्रहरीले सर्वसाधारणका उजुरी दर्ता नै नगरिदिने गरेको गुनासो आफूकहाँ पुग्ने गरेकाले कुनै गुनासो नआउने गरी काम गर्न निर्देशन समेत उनले दिएका छन् । पछिल्लो २५–३० बर्ष यता नेपाल प्रहरीमा राजनीतिक करण वढी भयो, सर्वसाधारणले न्याय पाउने अवस्था नै रहेन, प्रहरीका प्रमुखहरु गृहमन्त्री र पार्टीकरणमा केन्द्रित भए, मुख्यमन्त्री गुरुङले भने–अबको प्रहरी प्रशासन परिवर्तन हुन जरुरी छ ।
अबको प्रहरी प्रशासन नयाँनयाँ प्रविधियुक्त, दक्ष र साधनश्रोत सम्पन्न हुन जरुरी छ, मुख्यमनत्री गुरुङले भने– नेपालको प्रहरीले अहिलेसम्म इमान र पराक्रमले मात्र सफल भएको छ । फेवातालमा मानिस डुब्यो भने ति मानिसलाई निकाल्न वाहिरबाट खोताखोर जिकाउनु पर्ने अवस्थाको प्रहरी प्रशासनले कसरी काम गर्न सक्छ ? उनले प्रश्न गरे ।
अधिकार केन्द्रीकरणको प्रयत्नले नेपाल प्रहरी बलियो हुन सक्दैन, प्रदेश सरकारलाई नै प्रदेश प्रहरी परिचालनको जिम्मेवारी दिन समेत उनले आग्रह गरेका छन् । यहाँको भौगोलिक अवस्थाका आधारमा कस्तो स्थानमा कुन प्रकारको सूरक्षा व्यवस्था मिलाउनु पर्ने हो त्यसको जानकारी प्रदेशर्लाृ जति केन्द्रलाई हुन्दैन, उनले भने ।
अझैपनि राजनीतिक संरक्षणका र अन्य गुण्डा समूहले विकासको काममा बाधा पु¥याएका छन्, त्यस्तो गुण्डासमूहले इमान्दारिपूर्वक गुणस्तरीय काम गर्ने ठेकेदारहरुलाई अवरोध पु¥याउने गरेका छन्, त्यस्ता गुण्डालाई तह लगाउने काम प्रहरीले गर्नुपर्छ मुख्यमन्त्री गुरुङले भने ।
राजनीतिक खोल ओढेर गुण्डागर्दी नगर्नुहोस्, गुणस्तरीय काम गर्ने ठेकेदारलाई काम गर्न दिनु पर्छ, गुण्डागदीृका नाउँमा कमसल काम गर्ने ठेकेदारलाई संरक्षण र उसैलाई ठेक्का पार्ने किसिमवाट युवासमूह परिचालिन हुनु हुदैन मुख्यमन्त्री गुरुङले भने– कास्कीको जिम्मेवार समालेका एस्पी रानाले एक वर्षको समयावधीमा केही मात्रामा गुण्डागर्दी नियन्त्रण गर्न सफल भए ।
मुख्यमन्त्री पृथ्वीसुब्वा गुरङले केन्द्र सरकारले सार्वजनिक गरेको बजेटप्रति असन्तुष्टि प्रकट गरेका छन् । प्रदेशलाई पछि पार्ने किसिमबाट बजेट ल्याइएको छ । आफू गण्डकी प्रदेशलाइृ शान्त, सुन्दर, सभ्य र समृद्ध बनाउने कार्यमा आफू लागेको विश्वास मुख्यमन्त्री गुरुङले दिलाए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर वुढाले प्रहरीले समुदायसँग सहकार्य गर्दै समाजमा शान्तिसुरक्षा स्थापना, अपराध, लागु औषध नियन्त्रण विभिन्न अवैध हतियार र उद्धारको कार्यमा सक्रिय रुपमा लाग्न जरुरी भएको बताए । प्रहरीको क्षमता विकासमा सरकारले ध्यान दिन सकको छैन, प्रमुख जिल्ला अधिकरी वुढाले भने– उनीहरुको क्षमता विकास र प्रविधिमैत्री बनाउन तालिमहरुको व्यवस्था आवश्यक छ ।
उक्त अवसरमा गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा, राजीव पहारी, कास्कीका प्रहरी प्रमुख ओम राना लगायतले आफनो भनाई राखेका थिए । उक्त व्यायमशाला १३ लाख ५२ हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
Related News
सम्बन्धित समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
hero news full width
मुख्य समाचार
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०