पोखरा। दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावक अन्नपूर्ण आधारशिविर (एबीसी) प्रस्थान गरेका छन्।
म्याराथनको प्राविधिक टोलीसहितका धावकलाई आयोजक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०७६ मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले बिदाइ गरेका हुन्।
खेल पर्यटनको विकास र विस्तार गर्न अन्नपूर्ण पदयात्रा मार्गमा हुन लागेको म्याराथनमा ७० धावक सहभागी हुँदै छन्। धावक एबीसी पुगेपछि स्वास्थ्य परीक्षण गरेर मात्र म्याराथनमा सहभागी हुन पाउने छन्। जुन थर्ड अर्थात् अन्नपूर्ण आरोहण दिवसको सन्दर्भमा आयोजित म्याराथन जेठ २० गते विहान ६:३० बजे अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुनेछ।
अन्नपूर्ण बेसक्यापबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुकमा समापन हुने म्याराथन प्राविधिक निदेर्शक भूतपूर्व खेलाडी मञ्च नेपालका सल्लाहकार खड्कबहादुर रानाभाटले बताए।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हजोर्गको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटर अग्लो हिमाल आरोहणको इतिहासमा विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाइने गरिन्छ। प्रथम हुने धावकले १लाख ५ हजार र दोस्रोले ७५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछ। तेस्रो हुनेलाई ५५ हजार नगद पुरस्कारको व्यवस्था छ भने टपटेन धावकलाई सान्त्वना पुरस्कार दिइने छ।
जेठ १७ देखि २० गतेसम्म हुने महोत्सवको शुभारम्भ नेपाली काँग्रेसका संसदीय दलका उप नेता, नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारबाट र समापन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको प्रमुख आतिथ्यमा हुने जनाइएको छ। अन्नपूर्ण पदयात्रा मार्गको पूर्वाधार विकास गरी त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले गत वर्षदेखि अन्नपूर्ण म्याराथनसहितको महोत्सव आरम्भ गरेको हो।
Related News
सम्बन्धित समाचार
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९