वडाध्यक्ष कप फुटबलमा ६ खेल

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७६
Wada Ahyekshya FootBall_Fotor

पोखरामा जारी अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगितामा बुधबार ६ खेल सम्पन्न भएका छन्।

खेलमा पार्दी मावि, शान्ति निकुञ्ज बोर्डिङ स्कूल, एलपी देबकोटा बोर्डिङ स्कूल, ढुङ्गेसाघुँ बोर्डिङ स्कूल, शिशुकल्याण बोर्डिङ स्कूल र फिस्टेल एकेडेमीले जित निकालेको छ।

पहिलो खेलमा पार्दीले वेष्ट पोइन्ट बोर्डिङ स्कूललाई २–१ ले हरायो। उक्त खेलमा पार्दी माविका पेम्बा गुरुङ म्यान अफ दि म्याच बने। दोस्रो खेलमा शान्तिनिकुञ्जले बालोदय बोर्डिङ स्कूललाई ६–१ गोलको विशालअन्तरले जित निकाल्यो। उक्त खेलमा शान्ति निकुञ्जका आशीष कुँवर म्यान अफ दि म्याच बने।

तेस्रो खेलमा एलपी देवकोटाले किण्डरगाटेर्नलाई ४–० को फरक गोल अन्तरले हरायो। उक्त खेलमा एलपी देवकोटाका सन्दीप रोका म्यान अफ दि म्याच बने।

चौथो खेलमा ढुङ्गेसाँघु बोर्डिङले जानकी माविलाई ४–० को गोल अन्तरले हराउँदै खेललाई आफ्नो पक्षमा पार्यो। चौथो खेलमा ढुङ्गेसाघुँ बोर्डिङका सुजन गुरुङ म्यान अफ दि म्याच बने।

त्यस्तै, पाँचौ खेलमा शिशुकल्याण बोर्डिङ स्कूलले छोरेपाटन माविलाई टाइब्रेकरमा ३–१ हरायो। निर्धारित समयमा दुवै स्कूलबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। उक्त खेलमा शिशुकल्याणका सौगात गुरुङ म्यान अफ दि म्याच बने।

अन्तिम खेलमा फिस्टेल एकेडेमीले पोखरा स्पाइरल बोर्डिङ स्कूललाई ७–० को विशाल गोलअन्तरले हरायो। खेलमा फिस्टेल एकेडेमीका मिलन गुरुङ म्यान अफ दि म्याच बने।

विहीबार एलपी देवकोटाविरुद्ध शान्ति निकुञ्ज, शिशुकल्याणविरुद्ध ढुङ्गेसाघुँ बोर्डिङ स्कूल, फिस्टेल एकेडेमीविरुद्ध एक्स आर्मी स्कूल र ओम एकेडेमीविरुद्ध पार्दी माविले प्रतिस्पर्धा गर्ने आयोजक ड्यामसाइड क्लबले जनाएको छ।

पोखरा महानगरपालिका वडा १७ को दोस्रो वार्षिकोत्सव अवसरमा स्थानीय ड्यामसाइड क्लबले अन्तरविद्यालयस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगितामा १९ विद्यालयको सहभागिता छ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा हाफ म्याराथन हुने

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    लेखनाथ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा शनिबार हाफ म्याराथन हुने भएको छ…
  • प्रदेशस्तरीय पुरुष बास्केटबल सुरु

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना पोखरा रंगशालामा बिहीबारदेखि गण्डकी प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरू भएको छ । ३…
  • टेबलटेनिस खेलाडीको छनोट

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा कास्की जिल्ला टेबलटेनिस संघको व्यवस्थापनमा गण्डकी प्रदेशस्तरीय टेबुलटेनिस प्रतियोगिताको लागि कास्कीका खेलाडी…
  • अन्तरसामुदायिक विद्यालयस्तरीय छात्रछात्रा क्रिकेट सुरु

    आदर्श समाज सम्वाददाता जेठ २५, २०८०
    पोखरा । दोस्रो संस्करणको ब्रेकिङ बाउन्ड्रिज कास्की जिल्लास्तरीय अन्तरसामुदायिक छात्रछात्रा टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । पोखरा क्रिकेट…
  • गण्डकी कबड्डी संघमा पवन

    आदर्श समाज सम्वाददाता जेठ २४, २०८०
    पोखरा । पवनकुमार प्रजापतीको अध्यक्षतामा १२ सदस्यीय गण्डकी प्रदेशस्तरिय कबड्डी संंघ गठन भएको छ । पोखरामा मंगलबार प्रथम अधिवेशनले पोखरा…

hero news full width