पोखरा उद्योग वाणिज्य संघ तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट संयुक्त रुपमा आयोजित उद्यमशीलता तालिम बुधबार सम्पन्न भएको छ। एघार दिनसम्म चलेको तालिममा कास्कीसहित देशका विभिन्न भागका ३२ जना प्रशिक्षार्थीको सहभागिता थियो।
व्यवसायका सम्भावना खोज्दै व्यक्तिलाई उद्यमशील बनाउनु तथा उद्यमशीलताको माध्यमबाट स्वरोजगार र पछि रोजगारी सृजना गर्नु तालिमको उद्देश्य रहेको थियो।
समापनमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले एउटा व्यक्तिको कमाईमा निर्भर रहने प्रवृत्ति अन्त्यको लागि सामूहिक पहल थालिनुपर्नेमा जोड दिए। उनले सके कमाउने र नसके पनि आफूलाई बाँच्न पुग्ने आम्दानी गर्न सके त्यसले आत्मविश्वास बढाउनुका साथै परिवारको बचत क्षमता पनि वृद्धि हुने धारणा राखे। पोखरा उद्योग वाणिज्य संघले प्रमाणपत्र बाँड्न र फोटो खिचाउन तालिम आयोजना नगर्ने प्रष्ट पार्दै उनले तालिमको व्यवहारिक प्रयोग गर्न सहभागीसँग आग्रह गरे।
‘तपाईँहरुले यो तालिममा सिकेका कुरा व्यवहारमा उतार्ने जमर्को गर्नुभयो भने हामी त्यसपछि आवश्यक पर्ने दक्षता अभिवृद्धि र लगानीको क्षेत्रमा पनि सघाउन सक्छौँ’अध्यक्ष अधिकारीले भने, ‘एउटै व्यक्तिले सबै काम गर्छु भन्ने नसोच्नुहोस् बरु कुनै आफूले उत्पादन गर्ने सामान अन्य उत्पादनलाई सहायक हुनेबारे पनि ध्यान दिनुहोस्। ’
औद्योगिक व्यवसाय विकास प्रतिष्ठान गण्डकीका कामु निदेर्शक रामप्रसाद तिवारीले उद्यमशीलताको लागि लगन र समर्पण जरुरी भएको बताए।
संघ उपमहासचिव तथा तालिम व्यवस्थापन उपसमिति संयोजक चीनु गुरुङले रोजगारी सृजना नै उद्योग वाणिज्य संघको लक्ष्य भएको बताउँदै बजारको माग हेर्दै सो क्षेत्रमा दक्षता हासिल गर्नुपर्नेमा जोड दिइन्।
तालिम प्रशिक्षक तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका वरिष्ठ अधिकृत समिता श्रेष्ठले तालिमले बाटो मात्र देखाउने र बाटोमा हिँड्ने काम भने आफैले गर्नुपर्ने भन्दै प्रशिक्षार्थीलाई रचनात्मक बन्न सुझाव दिइन्।
प्रशिक्षार्थी तनहुँ बन्दीपुरका आसित बिकले थप तालिमको अपेक्षा गरे।
अर्की प्रशिक्षार्थी अस्मिता गुरुङले तालिमले केही गरौँ भन्ने भावना जगाएको बताइन्।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
बुद्ध विशाल बजार एसोसियसनको सभा
पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने
१ करोडमा माछापुच्छ्रे मिनी मार्ट
नागरिक लगानी कोष : अनलाइनबाट रकम दाखिलाबारे प्रशिक्षण
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९