गणतन्त्र दिवस अवसरमा प्रदेश ५ को राजधानी बुटवलमा प्रभातफेरी तथा गणतन्त्र दिवस विशेष समारोह सम्पन्न भएको छ।
राजमार्ग चौराहबाट शुरु बाजागाजा झाँकीसहितको प्रभातफेरी विशेष समारोहस्थल बुटवलमण्डपमा पुगी समापन भएको थियो। प्रदेश ५ का विभिन्न संस्कृति झल्कने ३१ वटा झाँकी प्रदर्शन गरिएको थियो।
उत्कृष्ट झाँकीलाई नगद पुरस्कारबाट पुरस्कृत समेत गरिएको थियो। प्रदेश ५ का प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।
गणतन्त्र दिवस विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले गणतन्त्र स्थापना गरीबी अशिक्षालाई निवारण गरी समृद्ध राष्ट बनाउनमात्र बाँकी रहेको बताएका छन्। उनले सरकार, राजनीतिक दल, संघसंस्था र नागरिक एकमत भई समृद्धिको कार्यमा लाग्नु अहिलेको आवश्यकता रहेको पनि बताए। उनले प्रदेश सरकार स्थापना भएको १ वर्षमा जनताले प्रदेश सरकारलाई खोज्ने अवस्थामा पुर्याएको र अब योजनाबद्ध विकास गरी समृद्ध नेपाल बनाउने अभियानको शुरुवात प्रदेश ५ बाट गर्ने बताए।
उनले भने, ‘एक वर्षमा जनताले प्रदेश सरकार खोज्न लागेका छन्, हामीले पहिलो वर्ष कानून निर्माण वर्ष भन्यौ र त्यही अनुसार काम गर्यौ, प्रदेशको आवधिक योजना पनि बनायौं, अब त्यही आवधिक योजनाका आधारमा समृद्ध प्रदेश बनाउने गरी काम गर्छौ र यो प्रदेश समृद्ध हुँदा अन्य प्रदेशले पनि सिक्ने छन् र नेपाल नै समृद्ध नेपाल बन्नेछ। ’
मुख्यमन्त्री पोखरेलले अहिले पनि बजेट खर्च गर्ने, आर्थिक वृद्धिदर बढाउने प्रदेशमा ५ नम्वर प्रदेश अन्य प्रदेशको तुलनामा अघि रहेको बताए। दुई अंकको आर्थिक वृद्धिदर पहिला हासिल गर्ने प्रदेश पनि यही नै हुने उनको दाबी छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नेपालको संघीयता नौलो र आफनै देशको मौलिकतामा आधारित भएकाले सबैले समृद्ध राष्ट्र बनाएर यसबाट लाभ लिनुपर्ने बताए।
Related News
सम्बन्धित समाचार
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन
विस्मृतिमा अन्नपूर्ण प्रथम हिमाल
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०