१२ औं गणतन्त्र दिवसका अवसरमा वालिङ नगरपालिका र वालिङ जेसीजको आयोजनामा भएको सरसफाइ कार्यक्रम अघि सामुहिक तस्वीरमा नगर प्रमुख दिलीपप्रताप खाँडसहितका जनप्रतिनिधि तथा कर्मचारी। तस्वीरः आदर्श समाज
१२ औं गणतन्त्र दिवसको सन्दर्भमा बुधबार वालिङमा सरसफाइ गरिएको छ।
वालिङ नगरपालिकाको आयोजना तथा वालिङ जेसीजको समन्वयमा नगरपालिका परिसरमा सरसफाइ गरिएको हो।
सरसफाइ कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले लोकतन्त्रको पुनस्थापनाका लागि भएका जनआन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति गणतन्त्र दिवसका सन्दर्भमा स्मरण गरे।
गणतन्त्रको बलमा नै जनतामा अधिकार आएको भन्दै उनले यसको संस्थागत विकासमा सवै लाग्न जरुरी रहेको बताए।
सकारात्मक उद्देश्यले गरिएका जुनसुकै क्रियाकलापले समाज
परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख खाँणको भनाई थियो।
सरसफाइ कार्यक्रममा वालिङ नगर प्रमुखसहित जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।
गणतन्त्र दिवसकै सन्दर्भमा वालिङ जेसीजले फूलसहितका दुई ओटा गमला वालिङ नगरपालिकालाई हस्तान्तरण गरेको छ।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
hero news full width
मुख्य समाचार
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०