पोखरा, १६ जेठ । जनआन्दोलन शहीद परिवार तथा घाइतेले आफूहरुको जीवनमा पीडा भए पनि जनताले निर्धक्कका साथ बोल्न पाउने व्यवस्था आउनु उपलब्धि भएको बताएका छन ।
देशमा गणतन्त्र स्थापना भएको १२ वर्ष पुग्दासमेत जनआन्दोलनका शहीद परिवार, घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा परिर्वतन आउन नसके पनि गणतन्त्रका लागि नारा लगाएर सडकमा उत्रिएको कारणबाटै जनताको छोराछोरी राष्ट्रपति हुने शासन व्यवस्था स्थापना भएको र जनताले आफूलाई लागेको कुरा व्यक्त गर्ने अधिकार प्राप्त हुनु आफूहरुको उपलब्धि भएको भनाइ उनीहरुको छ ।
जनआन्दोलन शहीद परिवार तथा घाइते समन्वय समिति कास्कीले बुधबार साँझ गणतन्त्र दिवसको अवसरमा जनआन्दोलनका शहीदको स्मरणमा पोखरामा आयोजना गरेको दीपप्रज्वलन कार्यक्रममा आन्दोलनका घाइते विजया सुवेदीले उमेर ढल्किदै जाँदा रोगव्याधीले सताएर जीवन कष्टकर भए पनि देश र जनताले प्राप्त गरेको उपलब्धिबाट सन्तोष मिलेको बताइन् ।
उनले भने “हामीलाई व्यक्तिगतरूपमा पीडा भए पनि देशमा परिर्वतन भएको छ, जनताले चुनेको व्यक्ति देशको सर्वोच्च पदमा पुग्ने व्यवस्था आएको छ । व्यक्तिले बोल्न पाउने स्वतन्त्रतालाई उपलब्धि ठानेका छौँ ।”
समन्वय समितिका अध्यक्ष शेखर गौतमले अहिले पनि देशभित्र तथा बाहिरबाट गणतन्त्रलाई सफल हुन नदिने चलखेल भएको भन्दै आन्दोलनमा जसरी अहिले पनि दलहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिए । बजेटबाट शहीद तथा घाइतेलाई सम्बोधन गरिएको र गणतन्त्र स्थापनापछि जनअपेक्षाअनुसार सरकारले काम गर्नुपर्ने बताउँदै उनले भने । “हाम्रो ठूलो अपेक्षा केही छैन, केवल सरकारले परिर्वतनको अनूभूति दिलाउने गरी काम गरे पुग्छ ।”
नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले गणतन्त्र प्राप्तिका लागि नारा लगाउँदा पोखराका भीमसेन दाहाललगायतको रगत बगेको स्मरण गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै पक्षले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने धारणा राखे ।
Related News
सम्बन्धित समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
दिगो ग्रामीण आमा समूह सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
hero news full width
मुख्य समाचार
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
पौष २८, २०८१फूलबारी मन्टेसरीको रजतजयन्ती
पौष २८, २०८१