फाइल फाेटाे
पोखरा, १५ जेठ । पोखरा–२६ विजयपुरमा बुधबार दिउसो तीनवटा बस ठोक्ँिकदा सात जना यात्रु घाइते भएका छन् ।
पोखराकै तालचोकबाट पोखरा बसपार्क आउदै गरेको ग१ज ३९९१नं को माइक्रोले अगाडिको मोटरसाइकल जोगाउने क्रममा ब्रेक लगाउँदा पछाडिबाट आईरहेको ना६ख ३५४० नं को मिनीबस र त्यसपछि आएको ना५ख २१८० नं को बस ठोक्किदा सात जना यात्रु घाइते भएका हुन् ।
घाइते हुनेमा कास्कीको रुपा गाउँपालिका–५ निवासी १७ बर्षीया निकिता गुरुङ, पोखरा–३२ का ३० बर्षीया देवि भूजेल, कास्की अन्नपूर्ण गाउँपालिका–३ निवासी ४० बर्षीय सन्जु गिरी, पोखरा–१२ निवासी ७५ बर्षीया मैया थापा, कास्की माछापुच्छ्रे गाउँपालिका–३ निवासी ५० बर्षीया मनकुमारी गुरुङ, २५ बर्षीया मिना शाही र २७ बर्षीया रीना शाही रहेका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको कास्की प्रहरीले जनकारी दिएको छ । घाइते हुनेमा दोस्रो र तेस्रो वसका यात्रु रहेका छन्, उनीहरु सवै खतरामुक्त छन् । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जंगली च्याउ खाएर आमाछोराको मृत्यु
चिप्लेढुंगाका फलफूल व्यवसायी न्यौपाने दम्पतिको निधन
नवलपुरको कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ९ घाइते
hero news full width
मुख्य समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
जेठ २७, २०८०टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
जेठ २७, २०८०कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०