पोखरा, १५ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले ऐन कानून बनेसँगै अब सरकार आर्थिक क्रान्तितर्फ अगाडि वढ्नुको विकल्प नभएको बताएका छन् ।
गणतन्त्र दिवस मनाउन गठित गण्डकी प्रदेश मूल समारोह समितिद्वारा बुधवार पोखरामा आयोजित गणतन्त्र दिवस समाारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले भने– सात दशकदेखिको राजनीतिक क्रान्ति सफल भएको र अब नेपाली जनताको चाहना पुरा गर्न समृद्धि र विकास तर्फ जान जरुरी छ ।
नेपाली जनताको लामो संघर्षको उपलब्धि स्वरुप संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ,उनले भने–संविधानको सफल कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक हुन्छ । संघीय राज्य प्रणालीको भावना र मर्मअनुरुप हाम्रो संस्कार, संस्कृति र कार्यशैलीमा परिवर्तन आउनुपर्नेमा उनको जोड थियो ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल पार्न सबै राजनीतिक पार्टी र नागरिकको सहयोग आवश्यक पर्ने बताए । प्रदेश अन्तर्गतका विभिन्न कार्यालयका उत्कृष्ट कार्य गरेबापत २५ जना राष्ट्रसेवक कर्मचारीलाई नगद पुरस्कार एवं प्रशंसापत्रले सम्मान गरिएको थियो ।
त्यसअघि मुख्यमन्त्री गुरुङले पोखराको शहीदचोकस्थित शहीद पार्कमा पुगी अमर शहीद स्मारकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । मूल समारोह समितिद्वारा सिर्जनाचोकबाट सिमलचौर, रत्नचोक हुदै सहीदचोकसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । प्रभातफेरीमा मुख्यमन्त्री गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, मन्त्री, प्रदेश सांसद, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रतिनिधिले सहभागिता जनाएका थिए ।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९