पोखरा, १५ जेठ । पोखरा–९ नयाँ बजार स्थित शान्ति दर्शन महिला समुहको सातौ साधारण सभा तथा तेस्रो अधिबेशनले तीन वर्षको लागि जगन गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा टिका पोख्रेल, सचिवमा इरा भण्डारी, सहसचिवमा जमुना पौडेल, कोषाध्यक्षमा धनकुमारी क्षेत्री, सहकोषाध्यक्षमा दुर्गा न्यौपाने र सदस्यमा लक्ष्मी मुल्मी, हिराकुमारी पोख्रेल, विष्णु शाही, लक्ष्मी गुरुङ, सीता बिक, गंगा गुरुङ, देउमाया क्षेत्री, लोकमाया पोख्रेल, पवित्रा ढुंगाना, शोभा जिसी र दुर्गा गुरुङ चयन भएका छन् ।
साथै पार्वती क्षेत्री सल्लाहकार तथा साँस्कृतिक उपसमिति संयोजकमा र सल्लाहकारहरुमा संस्थापक अध्यक्ष दीलमाया गुरुङ र राममाया जिसी चयन भएका छन् ।
कार्यक्रममा प्रा.डा. दिलबहादुर क्षेत्री, शिक्षाविद् गणेशबहादुर गुरुङ, शान्ति दर्शन टोल बिकास समितिका संस्थापक अध्यक्ष शंकर गुरुङ, सल्लाहकार लीलामणि सिग्देल, तुल्सीघाट अस्थायी प्रहरी विटका इन्चार्ज हवल्दार कमल श्रेष्ठलाई सम्मान पत्र, दोसल्ला र अवीर लगाएर सम्मान गरिएको थियो । साथै संस्थाका हरेक गतिविधिहरुमा सक्रिय रही कार्य गर्ने रजनी जलारी, धनकुमारी क्षेत्री र मीरा खत्रीलाई कदरपत्रद्वारा सम्मान गरिएको कार्यक्रम संयोजक शितल गुरुङले वताइन् ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामराज लामिछानेले सबै मिलेर वडालाई उत्कृष्ठ वनाउन लाग्नुपर्ने वताउदै वडाबाट पाउने सेवामा कमिकमजोरी भए आफूलाई जानकारी दिन समेत आग्रह गरेका थिए ।
कार्यक्रममा वडा सदस्य गीता चर्मकार, वडा नं. ९ का सचिव लोकदर्शन कोईराला, नयाँबजार तमु सेवा समितिका अध्यक्ष रचेबहादुर गुरुङ, डाइभिङ स्कुल संघ गण्डकी प्रदेशका अध्यक्ष उमेश सिके, सम्मानितहरुको तर्फबाट लीलामणि सिग्देल, नयाँ सदस्य रामकुमार श्रेष्ठ, टोल बिकास संस्था वडा समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी, उपभोक्ता समितिको तर्फबाट याम बहादुर थापा, वडा नागरिक मञ्च पोखरा ९ की अध्यक्ष सरु श्रेष्ठ, शान्तिवन टोल बिकास समितिका अध्यक्ष बलराम पहारी, कृष्णटोल आमा समुहकी अध्यक्ष गोमा तामाङले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा टोलका नयाँ सदस्य रामकुमार श्रेष्ठले महिला समुहलाई १० हजार ५ सय आर्थिक सहयोग गरेका थिए ।समुहकी अध्यक्ष दिलमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जगन गुरुङले स्वागत र सचिव टिकादेवी पोख्रेलले संचालन गरेका थिए ।
सभाले सचिव टिका पोख्रेलको संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष देबि मैनालीले संस्थाको हाल सम्मको आर्थिक प्रतिबेदन सर्वसम्मत पास गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
रेशम चौधरीसहित ५०१ लाई आम माफी
hero news full width
मुख्य समाचार
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०