नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड – २०७५ अन्तर्गत वर्ष चर्चित खेलाडी छान्न भोटिङ खुला भएको छ।
अवार्डको विभिन्न ८ विधामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष उदियमान खेलाडीको विधामा परेका ९ खेलाडीमध्येबाट सर्वाधिक मत प्राप्त गनेर्लाई मञ्चले पपुलर प्लेयर अफ दि इयरका रुपमा अवार्ड प्रदान गर्ने जनाएको छ। विजेताले २५ हजारसहित आकर्षक पुरस्कार प्राप्त गनेर्छन्।
एसएमएस मार्फत भोट गर्न मोबाइलको म्यासेज बक्सबाट पोखरा स्पोर्टस् अवार्डको छोटकरी रुप ‘पीएसए’ टाइप गरी खेलाडीको भोटिङ कोड लेखी ३३००१ मा म्यासेज पठाउन सकिने मञ्च उपाध्यक्ष एवं सूचना तथा प्रविधि उपसमिति संयोजक रञ्जन अधिकारीले जानकारी दिए। वर्ष खेलाडी पुरुषतर्फ मनोनयनमा परेका अमृत थापा (स्क्वास) लाई भोटिङ गर्न उनको कोड ज्ञब्, रुपक नेपाली (फूलकन्ट्याक्ट कराँते) ज्ञद्य र युकेश गुरुङ (प्याराग्लाइडिङ) भोटिङ कोड ज्ञऋ रहेको छ।
यस्तै, वर्ष खेलाडी महिलातर्फ मनोनीत प्रीति बराल (सफ्टटेनिस) को द्दब्, श्रेया केसी (सुटिङ) द्दद्य र सुष्मी श्रेष्ठ (फूलकन्ट्याक्ट कराँते) द्दऋ को रहेको छ।
यसैगरी, वर्ष उदियमान खेलाडीमा मनोनीत अनुष्का शेरचन (आर्चरी) घब्, अर्जुन कुमाल (क्रिकेट) घद्य र सुस्मिता थापामगर (आईटीएफ तेक्वान्दो) घऋ रहेको छ।
खेलाडी छनौट समिति संयोजक एवं संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीका अनुसार यस वर्षबाट थप भएको यस विधाको अवार्डमा एक मोबाइल नम्बरबाट एक दिनमा जम्मा एउटा भोट मात्र गर्न सकिनेछ। एउटा एसएमएस पठाउन कर बाहेक ५ रुपैयाँ लाग्नेछ। अवार्ड वितरण समारोहकै अवधिसम्म भोट गर्न सकिनेछ। मञ्चको आधिकारीक फेसबुक पेज नेपाल स्पोर्टस् जर्नालिष्ट फोरम, गण्डकीमा समेत खेलाडीहरुको विवरण राखिनेछ। जहाँबाट लाइक, शेयर गर्न सकिने व्यवस्था मिलाइएको मञ्च उपाध्यक्ष एवं सूचना तथा प्रविधि उपसमिति संयोजक रञ्जन अधिकारीले जनाए।
पोखरा सभागृहमा जेठ २४ मा हुने मूल कार्यक्रमलाई बतास ब्रदर्श प्रालिले मुख्य प्रायोजन गरेको छ।
Related News
सम्बन्धित समाचार
पोखरामा हाफ म्याराथन हुने
प्रदेशस्तरीय पुरुष बास्केटबल सुरु
टेबलटेनिस खेलाडीको छनोट
अन्तरसामुदायिक विद्यालयस्तरीय छात्रछात्रा क्रिकेट सुरु
गण्डकी कबड्डी संघमा पवन
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०