लमजुङका किसान सतुवा खेतीतर्फ आकर्षित भएका छन्। राम्रो आम्दानी हुने भएसँगै उनीहरू सतुवा खेतीतर्फ आकर्षित भएका हुन्।
सदरमुकाम वेशीशहर नगरपालिकाको खाँचो लगायत दूधपोखरी गाउँपालिका र क्वहोलासोँथार गाउँपालिका तथा मस्र्याङ्दी गाउँपालिकाका विभिन्न ठाउँका किसानले व्यावसायिक सतुवा खेती शुरू गरेका छन्। मस्र्याङ्दी गाउँपालिकाका १० जना किसान आपसमा मिलेर लालीगुराँस बहुउद्देश्यीय कृषि तथा जडीबुटी सहकारी संस्था दर्ता गरेको नेपाल अलैँची व्यवसायी महासंघका गण्डकी प्रदेशका संयोजक समेत रहेका सतुवाखेतीका अगुवा किसान अजय तामाङले बताए। उनले भने, ‘हामीले संस्था दर्ता गरेका छौँ। अब छिट्टै १० रोपनी जग्गामा सतुवा खेती गर्ने हाम्रो योजना छ। ’
सतुवा जंगलमा पाइने एकप्रकारको जडीबुटी हो। तामाङले सतुवा खेती गर्नुअघि दोलखा, इलाम पुगेर सतुवा खेतीसम्बन्धी आवश्यक तालिम लिएको बताए। तामाङका अनुसार सतुवा खेतीसम्बन्धी आफूले जानेको ज्ञान, सीप जिल्लाका विभिन्न ठाउँमा रहेका अन्य किसानलाई पनि सिकाउने गरिएको छ। उनले भने ‘अलैँची खेतीसँगै व्यावसायिक सतुवा खेतीलाई थप विस्तार गर्दै लैजाने मेरो सोच छ। ’
मस्र्याङ्दी गाउँपालिकाको रुङटाङ, छिनखोला, लुदी, ताघ्रिङ, घेर्मुका किसान पनि सतुवाखेतीमा लागेका छन्। समुद्री सतहदेखि १४ सय मिटरमाथि उचाइसम्ममा यसको खेती गर्न सकिने मस्र्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले बताए। उनका अनुसार संरक्षणको अभावमा यो जडीबुटी हराउँदै जान थालेको गाउँपालिकाभित्र सतुवा खेतीलाई व्यावसायिक रूपमा अगाडि बनाउन गाउँपालिका योजना नै बताएर काम थालेको छ।
मस्र्याङ्दी गाउँपालिका – ७, छिनखोलाका स्थायी वासिन्दा अजय तामाङले अलैँची खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन्। उनले गाउँमा ४० रोपनी पाखो जग्गामा अलैँची खेती गरेर राम्रो आम्दानी गर्ने गरेका छन्। अलैँची खेतीसँगै अहिले सतुवा खेतीलाई व्यावसायिक रूप दिन लागि परेको उनले बताए। उनले भने, ‘२०७४ सालबाट व्यावसायिक सतुवा खेती शुरु गरेको हुँ। ’ कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले सतुवा खेतीतर्फ आकर्षित भएको हुँ, ’ उनले भने ‘शुरुको वर्ष जग्गा छनौट र ग्रीनहाउस निर्माणमा जुटे र पछि सतुवा खेती शुरु गरी हालेँ। ’
सतुवाको सेवनले पेट, घाँटी दुखेको, खाना अपच भएका समस्याका साथै सर्पले टोकेको निको हुन्छ। ‘यो बहुमूल्य जडिबुटी हो। ‘आधुनिक प्रविधिको प्रयोग गरी यसको व्यावसायिक खेती गर्न सकिए राम्रो आम्दानी लिन सकिन्छ, ’ गाउँलेहरू भन्छन्।
तामाङले ५ रोपनी जग्गामा रहेको ३ वटा ग्रीनहाउसमा १२ हजार सतुवाको बिरुवा लगाएको जानकारी दिए। उनले भने, ‘शुरुमा १ लाखबाट शुरु गरेको सतुवा खेतीमा अहिले झण्डै ८ लाख लगानी भइसकेको छ। ’ अर्को वर्षदेखि सतुवा उत्पादनको बिक्रीबाट झण्डै १५ लाख आम्दानी हुनसक्ने अनुमान गरेको तामाङले बताए। उनका अनुसार शुरुमा दोलखाबाट प्रतिबिरुवा ८० रुपैयाँका दरले ५ सय बिरुवा ल्याई एक रोपनी जग्गामा उनले सतुवा खेती शुरू गरेका हुन्।
बजारमा सतुवाको माग र मूल्य दुवै उच्च छ। ‘सतुवाको मूल्य प्रतिकेजी ६ हजारदेखि १२ हजार रुपैयाँसम्म पर्छ, ’ तामाङले भने, ‘अन्य खेतीमा भन्दा सतुवा खेतीमा किसानलाई फाइदा छ तर यो खेतीसम्बन्धी आवश्यक ज्ञान, सीप पनि लिन आवश्यक छ। ’
Related News
सम्बन्धित समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
पोखराबाट कांग्रेस नेतृत्वलाई खबरदारी : पार्टीको चाल, चेहरा र चरित्र फेर्न रुपान्तरण अभियान
hero news full width
मुख्य समाचार
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०ओलम्पियनहरु पोखरामा भेला
जेठ २०, २०८०मध्यपहाडी लोकमार्ग : याम्दी–हरिचोक खण्डमा धुलो हिलोको सास्ती
जेठ २०, २०८०