लमजुङको एक पालिकाले आफ्नो क्षेत्रबाट प्लाष्टिक विस्थापन गर्न भोजभतेर लगायत हुँदा सालको पाताको दुना टपरी प्रयोगमा ल्याउने भएको छ।
राइनास नगरपालिका – ८ स्थित स्थानीय हराबोट गाउँमा महिला सशक्तीकरणलाई समेत टेवा पुग्ने गरी उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
उपमेयर धनकुमारी गुरुङको पहलमा स्थानीय महिलाका लागि दुनाटपरी गाँस्ने पाँच दिने तालिम सम्पन्न भएको छ। तालिमको साथमा प्रशिक्षार्थीलाई दुना टपरी बनाउने मेसिन समेत दिइएको छ। सोही स्थानमा रहेको मिलिजुली सहकारी संस्थामा आवद्ध भएका महिलालाई सशक्तीकरण गरी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले तीन लाख रुपैयाँको सहयोगमा दुना टपरी बनाउने मेसिन र महिलाहरूलाई तालिम दिने काम गरेको राइनास नगरपालिकाका उपमेयर गुरुङले बताए। उनका अनुसार वावतारण सन्तुलनका लागि प्लाष्टिक विस्थापन गर्न, महिला दिदीबहिनीको लागि रोजगारीका लागि सहजहोस् भनेर दुनाटपरी गाँस्ने तालिम दिइएको हो। सो तालिममा अर्घाखाँचीका रुक्मिणा पराजुली र मीना पौडेलले प्रशिक्षण दिएका थिए।
तालिममा ४० जना महिलाले भाग लिएका थिए। तालिमको समापनका अवसरमा नगरपालिकाका उपमेयर गुरुङले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै विभिन्न चारप्रकारको साईजमा दुना टपरी बनाउने मेसिन समेत हस्तान्तरण गरिएको छ। उनका अनुसार तालिम लिएका दिदीबहिनीलाई दुना टपरी उत्पादन गर्न लगाई प्लास्टिक विस्थापन गर्ने नगरपालिकाले लक्ष्य लिएको छ। उत्पादन र मागको अवस्थालाई हेरेर दुना टपरीको मूल्य निर्धारण गरिने छ। तर अबका दिनमा नगरपालिका क्षेत्र भित्र हुने सामाजिक भोजभेतरमा प्लाष्टिका प्लेट प्रयोग गर्न पाइने छैन उपमेयर गुरुङले बताइन्।
Related News
सम्बन्धित समाचार
प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा
भ्रष्टाचारविरुद्ध जनयुद्धको जस्तै मानसिकतामा छु, हेर्नुहोला अझै ठूल्ठूला एक्सन हुन्छन् : प्रधानमन्त्री दाहाल
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
व्यवस्थित बन्दै बागलुङको पुरानो सदरमुकाम ‘हरिचौर बजार’
व्यास नगरपालिकामा ५६ प्रतिशत योजना सम्पन्न
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०