एचआइभी संक्रमित पोखराका गोपाल श्रेष्ठले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तीमान बनाएसँगै शुक्रबार गृहनगर पोखरा आउने भएका छन्। श्रेष्ठले गत बुधवार बिहान ७:३० बजे सगरमाथाको टाकुरामा पाईला राखेका थिए।
एआइभी संक्रमित ब्यक्तिले सगरमाथाको सफल आरोहण गरेको यो नै पहिलो हो। पोखरा ७ रत्नचोक निवासी श्रेष्ठ आरोहण पश्चात फर्कने क्रममा स्वासप्रश्वास र अन्य शारीरिक समस्याका कारण एक हप्ता काठमाडौमै उपचार गराएपछि शुक्रबार बिहान पोखरा अवतरण गर्ने स्टेप अप क्याम्पीयन अभियानका संयोजक पदमराज पहारीले जानकारी दिए। उनले भने, ‘यो अभियान समग्र नेपालीको हो त्यसैले हामीले गोपालको आरोहण पछिको आगमनलाई भव्य रुपले स्वागत र अभिनन्दन गर्ने तयारी गरेका छौं। ’
काठमाडौ पुगेपछि श्रेष्ठले यो सफलता संसारभरका एचआईभी संक्रमित र प्रभावितहरुमा समर्पण गरेको धारणा राखे। उनले भने, ‘बल्ल अभियान शुरु भएको छ। गर्नुपर्ने कामहरु धेरै छ।
अब हामी एक भएर संसारभरका एचआईभी संक्रमितहरुलाई समाजले हेर्ने नजर परिवर्तन गर्न जरुरी छ। ’
२५ वर्षअघि एचआईभी सक्रमण भएका ५६ वर्षीय श्रेष्ठले ‘स्टेप अप क्याम्पेन : सेकेण्ड फेज’ अभियान अन्तर्गत सगरमाथा आरोहण गरेका हुन्।
Related News
सम्बन्धित समाचार
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन
विस्मृतिमा अन्नपूर्ण प्रथम हिमाल
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०