पोखरा, १५ जेठ । दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावक अन्नपूर्ण आधारशिविर (एबीसी) प्रस्थान गरेका छन् ।
म्याराथनको प्राविधिक टोलीसहितका धावकलाई आयोजक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०७६ मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले बिदाई गरेका छन् । खेल पर्यटनको विकास र विस्तार गर्न अन्नपूर्ण पदयात्रा मार्गमा हुन लागेको म्याराथनमा ७० धावक सहभागी हँुदै छन् । धावकहरु एबीसी पुगेपछि स्वास्थ्य परीक्षण गरेर मात्र म्याराथनमा सहभागी हुन पाउने छन् । जुन थर्ड अर्थात् अन्नपूर्ण आरोहण दिवसको सन्दर्भमा आयोजित म्याराथन जेठ २० गते विहान ६ः३० बजे अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुनेछ ।
अन्नपूर्ण बेसक्यापबाट आरम्भ हुने ४२.१९५ किलोमिटर दूरीको म्याराथन माछापुच्छे« आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुकमा समापन हुने म्याराथन प्राविधिक निर्देशक भूतपूर्व खेलाडी मञ्च नेपालका सल्लाहकार खड्कबहादुर रानाभाटले बताए ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी आठ हजार मिटर अग्लो हिमाल आरोहणको इतिहासमा विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाइने गरिन्छ ।
म्याराथनको रुटमा आवश्यक पर्ने स्वयंसेवक, स्वाथ्यकर्मी जर्जसहित आवश्यक उपकरण एवं अन्य सामाग्रीको व्यवस्थापन पूरा भएको सहायक प्राविधिक निर्देशक कृष्णबहादुर वस्नेतले जानकारी दिए । म्याराथनमा प्रथम हुने धावकले एक लाख पाँच हजÞार र दोस्रो हुने धावकले ७५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो हुनेलाई ५५ हजार नगद पुरस्कारको व्यवस्था छ भने टपटेनसम्मका धावकलाई पनि सान्त्वना पुरस्कार दिइने छन् ।
जेष्ठ १७ देखि २० गतेसम्म हुने महोसत्वको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवको शुभारम्भ नेपाली कांग्रेसका संसदीय दलका उप नेता, नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारबाट हुनेछ । त्यसैगरी महोत्सवको समापन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न गर्ने तयारी भएको महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले बताए ।
अन्नपूर्ण पदयात्रा मार्गको पूर्वाधार विकास गरी त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले गतवर्षदेखि अन्नपूर्ण म्याराथनसहितको महोत्सव आरम्भ गरेको हो ।
Related News
सम्बन्धित समाचार
सेभेन ए साइडमा तितुङको दोहोरो ह्याटिक
सेभेन ए साईड फुटबल : भीमकालिसँग बी–१३ पराजित
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९