मुख्यमन्त्रीहरूबाट शुभकामना सन्देश

रासस
जेठ १५, २०७६
Gandaki-Mantralaya-750×375

पोखरा, १५ जेठ । गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित र संस्थागत हुन आवश्यक रहेको बताएका छन् ।

गणतन्त्र दिवस २०७६ को अवसरमा उनीहरुले दिएको शुभकामना सन्देशमा सबैलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरे ।

उनीहरुले गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतः नागरिकमा स्थापित गरेको भन्दै गणतन्त्र शासन पद्धति मात्र नभएर नागरिक सम्प्रभुतामा आधारित जीवन पद्धति भएको र यसले हाम्रो समाज, राष्ट्रको भाग्य र भविष्य नागरिकमा निहित छ भन्ने मान्यतालाई स्थापित गरेको बताए ।

मुख्यमन्त्रीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई सफल बनाउनुपर्ने बताए । उनीहरुले गणतन्त्र प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उक्त आन्दोलनमा योगदान पु¥याउनुहुने सम्पूर्ण योद्धाहरुप्रति उच्च सम्मान प्रकट गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानको मर्म र भावनाअनुरुप सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई प्रगाढ र सार्थक बनाउँदै सङ्घीय व्यवस्थालाई थप संस्थागत र सुदृढ पार्न राजनीतिक दल, नागरिक समाज सङ्गठित भएर सकारात्मक सोचका साथ अगाडि बढ्न आजको दिनबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

प्रदेश नं ५ प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले ऐतिहासिक संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा गरी विना कुनै रक्तपात २३५ वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आजको दिन नेपालको इतिहासमा विशेष महत्वको रहेको उल्लेख गरे ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजको दिनको अवसरमा राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, समानुपातिक र समावेशी विकाससहित समाजवादी राज्य व्यवस्था निर्माणको दिशामा अघि बढ्न सबैलाई प्रेरणा पैदा गरोस् भन्ने शुभेच्छा प्रकट गरे ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width