पोखरा, १५ जेठ । अख्तियारका कर्मचारीलाई पैसा खुवाउनुपर्छ भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गरेका दुई जनालाई अख्तियार कार्यालय पोखराको टोलीले रंगेहात पक्राउ गरेको छ ।
हेभि भेइकल ट्रायल पास गराइदिन्छु भन्दै उनीहरुले एक जना सेवाग्रहीसँग चालीस हजार लिँदै गरेको अवस्थामा अख्तियारका डिएसपि रोशन खड्का नेतृत्वको टोलीले पोखराको एक होटलबाट रंगेहात पक्राउ गरेको हो ।
मेलम्ची नगरपालिका–१३ सिन्दुपाल्चोक घर भइ पोखराको हेभि इक्युप्मेन्ट डिभिजन कार्यालय कास्कीमा राजपत्र अनंकित द्वितीय श्रेणीमा कार्यरत प्राविधिक कुमार लामिछाने र पोखरा– १४ का बिचौलिया खगेन्द्र प्रसाद काफ्ले पक्राउ परेका छन । उनीहरुले पोखराको हेभि इक्युप्मेन्टको परीक्षामा पास गराउनका लागि अख्तियारका कर्मचारीलाई नै पैसा दिनुपर्ने भन्दै सोमवार सेवाग्राहीसँग पैसा मागेका थिए । सो खबर पाए सँगै अख्तियार पोखराको टोलीले सेवाग्रहीको सहयोग मार्फत उनीहरुलाई रंगेहात समाउन सफल भएको छ ।
यातायात ब्यवस्था कार्यालय पोखरामा बिना पैसा काम नै नहुने गुनासो सेवाग्राहीले पटक पटक गर्दै आएका छन् । केही समय अगाडी हेभि भेइकल ट्रायलमा आर्थिक लेनदेनको कुरा बाहिर आएको थियो । त्यसको यथेष्ट प्रमाण नभेट्दा अख्तियारले समाउन सकेको थिएन । तर यसपाली अख्तियारको टोलीले पैसा लेनदेन गरेकै समयमा हेभि इक्युप्मेन्ट डिभिजन कार्यालय कास्कीका प्राविधिक कुमार लामिछाने र बिचौलिया खगेन्द्र प्रसाद काफ्लेलाई पक्राउ गर्न सफल भएको हो ।
यातायात ब्यवस्था कार्यालयमा सवारी अनुमति पत्र लाइसेन्स निकाल्न दैनिक सयौको संख्यामा सेवाग्राही आउने गरेका छन । भित्री रुपमा फाराम भरीदिने र पास गराइदिने भन्दै यातायातमा ठूलो दैनिक पैसाको बार्गेनिङ हुने गरेको स्रोतको दावी रहेको छ । यस घटनामा यातायातका कर्मचारीसँगको मिलेमतो हुनसक्ने आशंका पनि गरिएको छ ।
Related News
सम्बन्धित समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
hero news full width
मुख्य समाचार
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९