पोखरा, १४ जेठ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–७ ओखरबोट धम्पुस निवासी ६५ बर्षीय सन्ते बिकले ढुंगा प्रहार गर्दा सोही स्थान निवासी ५२ बर्षीय मानकाजी बिकको मृत्यु भएको छ ।
सामान्य विवाद हुँदा सन्ते बिकले मंगलबार बिहान मानकाजी बिकको टाउकोमा ढुंगाले प्रहार गर्दा उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले ढुंगाले हिर्काउने सन्ते बिकलाई पक्राउ गरी घटनाको बारेमा अनुसन्धान शुरु गरिएको जानकारी दिए । मानकाजी बिकको शव शल्य परक्षिणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।
त्यस्तै सिद्धार्थ राजमार्ग अन्तरगत स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका–१ मा मंगलवार दिउसो बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
पोखराबाट बुटबल तर्फ जाँदै गरेको ना४ख २३२२ नं को बसले पैदलयात्री पुतलीबजार नगरपालिका–१३ लामपाटा निवासी ७३ बर्षीय मनबहादुर दमाईलाई ठक्कर दिँदा गम्भीर घाइते भएका दमाईको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा मंगलबार दिउसो मृत्यु भएको ४ नं प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
त्यसैगरी पाल्पाको रम्बा गाउँपालिका–१ छर्दीघाटको पक्कीपुल निर्माण गर्ने क्रममा जेठ १० गते पुलबाट खसेर वेपत्ता भएका २१ बर्षीय मोहमद हुसेन मंगलबार स्याङ्जाको गल्याङ नगरपालिका–११ निमाघाट स्थित कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेका छन् । उनी नदीको पानीमा तैरिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेको थिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।
Related News
सम्बन्धित समाचार
बसको ठक्करबाट बालकको मृत्यु
म्याग्दीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु ,तीन बेपत्ता
माइक्रो दुर्घटनामा १८ घाइते
नवलपुरमा डुबेर दुई बच्चाको निधन, नारायणी नदीमा खसेका एक जनाको उद्दार
कावासोतीमा बस पल्टियो ११ जना घाइते
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९