दाङ, १४ जेठ । नेपाल पत्रकार महांघको “स्वतन्त्र पत्रकारिता बिरोधी ऐन मिडिया काउन्सिल” को बिरोधमा ऐक्यबद्वता जनाउँदै स्वतन्त्र पत्रकार संघ नेपाल प्रदेश नं ५ को प्रादेशिक समितिको प्रथम बैठक दाङमा सम्पन्न भएको छ ।
स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ का अध्यक्ष बिष्णुकुमार देवकोटाको सभाअध्यक्षता तथा राष्ट्रिय अध्यक्ष के.बि. मशालको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले जनताको सूचनाको हक र स्वतन्त्र पत्रकारिता एवं संबैधानिक एवं सूचनाको हकको मर्म विपरीत आएको मिडिया काउन्सिल गठन तथा कार्यसंचालन बिधेयक बिरुद्ध पत्रकार महासंघले थालेको आन्दोलनलाई ऐक्यबद्धता जनाइएको हो ।
स्वतन्त्र पत्रकार संघ नेपालको प्रदेश समितिको बैठकले जनताको सूचनाको हक प्राप्तिको संबैधानीक अधिकारको संरक्षणमा जस्तोसुकै कदम चाल्न पनि स्वतन्त्त पत्रकार संघ नेपाल तयार रहेको स्वतन्त्त पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष के.बि. मसालले बैठकमाआफ्ना भनाई राखेका थिए ।
नेपाली पत्रकारिताको राणाकालीन अवस्था देखि हाल सम्मको शासक बर्गको स्वार्थपुर्ति गर्नका लागि रचिएको षडयन्त्रको भण्डाफोर गर्दै राष्ट्रिय अध्यक्ष मशालले पत्रकारीता सधै नैतिकता र ईमानको हुनुपर्नेमा जोड दिए । प्रदेश नं ५ अन्तगर्त दाङ जिल्लको घोराहीमा सम्पन्न प्रथम बैठकले विभिन्न ११ वटा निर्णयहरुसमेत गरेको छ ।
बैठकले स्थानीय तथा प्रादेशिक सरकारहरुसंग अन्तरकृया गर्नै, आषाढाको पहिलो हप्ता पश्चिम नवलपरासिमा आधारभूत पत्रकारिता तालिम संचालन गर्नै, प्रदेब नं ५ अन्तर्गतका स्वतन्त्र पत्रकार संघ नेपालको रिक्त रहेका शाखा समितिहरु गठन गर्नै निर्णय गरेको बैठक पछि प्रादेशिक सचिव बिन्दु घिमिरे द्धारा जारी बिज्ञप्तिमा उल्लेख गरीएको छ ।
यस्तै बैठकले प्रदेश समितिको सल्लाहकार समिति समेत चयन गरेको छ । जसअनुसार समितिको प्रदेशीक कनुनी सल्लाकारमा कानुन व्यवसायीद्धय प्रदीप गौतम र मनिराम आचार्य “मौसम” लाई चयन गरेको छ ।
बैठकले डा. लोकराज पराजुली, प्रतिष्ठित व्यवसायी खड्ग बुढाथोकी, व्यवसायी अभियान बस्नेत, व्यवसायी केशव नेपाली, व्यवसायी यम नारायण रजौरे, समाजसेवी बिशाल पाण्डे र रमेश सिटौलालाई समितिको सल्लाहकारमा चयन गरेको प्रदे नं ५ का अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिए ।
यस्तै बैठकले सूरज मेघनाथ (बाँके), महेन्द्र प्रताप सिंह (बाँके) , प्रमोद कर्माचार्य (प्यूठान) र अर्जुन खत्री ( रुपन्देही) लाई प्रदेश सदस्यमा मनेनित समेत गरेको छ ।बैठकले घुम्ति बैठक राख्ने निर्णय भए बमोजिम प्रदेश नं ५ को प्रदेश समितिको बैठक भदौ १४ गते पश्चिम नवलपरासीमा राख्ने निर्णय सार्वजनिक गरेको छ ।
Related News
सम्बन्धित समाचार
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
रेशम चौधरीसहित ५०१ लाई आम माफी
hero news full width
मुख्य समाचार
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०