पोखरा, १३ जेठ । मुस्ताङ जिल्ला स्थित मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाँदै गर्दा बसमा वेहोस भएकी एक भारतीय महिलाको मृत्यु भएको छ ।
बेनी– जोमसोम सडक खण्ड अन्तरगत मुस्ताङको थासाङ गाउँपालिका–४ माथिल्लो घाँसामा सोमबार बसमा यात्रा गरिरहेको अबस्थामा भारत बैंङ्लोर निवासी ६५ बर्षीया एल चुडामणि नाम गरेकी महिलाको मृत्यु भएको हो ।
पोखराबाट मुक्तिनाथ जाँदै गरेको ना.६ख. १२७२ नं को बसमा यात्रा गरेकी ति महिला अचानक बेहोस भएकी थिइन् । उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको ४ नं प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।
त्यस्तैगरी पोखरा–१भिमकाली पाटन स्थित पृथ्वीनारायण क्याम्पसको माथिल्लो गेट अगाडी सडक पेटीमा सोमबार नाम थन नखुलेको ३२÷३३ बर्षको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् । उक्त घटनाको वारेमा अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
विमान दुर्घटना जाँच आयोगको म्याद थपियो
पोखरामा चितुवाको आक्रमणबाट २ घाइते
ट्रक दुर्घटनामा २ जनाको मृत्यु
सिन्धुलीमा बस दुर्घटना, ५ को मृत्यु, २४ घाइते
फेवातालमा डुंगा पल्टिदा १ घाइते, ५ सामान्य
hero news full width
मुख्य समाचार
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९