बुटवल १३ जेठ । वालुवाटार जग्गा काण्डमा मुछिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल सहभागी बुटवलको एक कार्यक्रम स्थलमा ‘भ्रष्टाचारीको मुख पनि हेर्दिन ’ भन्ने पर्चा छरिएको छ ।
नेपाली काग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले कार्यक्रम स्थल बुटवल मण्डपको मुख्य प्रवेशद्धारमै सोमबार विहान पर्चा छरेका हुन् । निकै ठूलो सुरक्षा घेरा तथा नेकपाका कार्यकर्ताहरुको बीचवाट पर्चा छरिएको नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेले बताए । महासचिव पौडेल बुटवलमण्डपमा अन्तरराष्टिय प्रदर्शनी केन्द्र शिलान्यसका लागि आएका थिए । पौडेलको नजिकै पर्चा छरिएपछि केहीवेर धकेला धकेल समेत भएको थियो ।
लोकतन्त्रमा विरोध गर्न पाईने अधिकार भएपनि द्ई तिहाईको सरकारले नागरिकहरुका अधिकार हरण गर्दै लगेको टिप्पणी पाण्डेले गरे । उनले वाल्वाटार जग्गाकाण्डका विषयमा आफुहरुको विरोधको कार्यक्रम निरन्तर चलिरहने पनि कांग्रेसले जनाएको छ ।
वितरण गरिएको पर्चामा ‘मौका आउछ पर्खिदैन वालुवाटार अव फर्किदैन’ त्यसै गरि ‘हैट कस्तालाई भोट हालिएछ’ र ‘ म पनि भ्रष्टार चार गर्दिन, भ्रष्टाचार गर्नेको मुख पनि हेर्दिन ’ लेखिएको छ । छरिएका पर्चा समेत नेकपाका कार्यकर्ताहरुले तुरुन्तै नष्ट गरेको प्रतक्षदर्शीले बताए । यस अघि आइृतबार बुटवलमै नेता पौडेलले आफु् माथि गलत आरोपको विश्वास नगर्न आग्रह गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखरा महानगरको मतगणना सुरु
१४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित
कास्कीमा ६५ प्रतिशत मतदान, पोखरा महानगरको मतगणना भोलिमात्र
राप्रपाको पोखरामा घरदैलो, आज लिङ्देन आउने
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९